विद्यार्थीद्वारा मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विद्यार्थीद्वारा मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग

सारांश

  • भक्तपुर, १७ साउन ।
  • मध्यपुरथिमी–८ मिलरोड बोडेको ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले सिद्धीकालीस्थित मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेका छन् ।
  • ग्ल्याडस्टोनमा स्थापना गरिएको विद्यार्थीको संस्था स्टुडेन्ट काउन्सिलले सांगीतिक कार्यक्रम गरी संकलन गरिएको रकम बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यागृहलाई ५०० लिटरको पानी ट्यांकी एक, पानी तान्ने मेशिन एक र कक्षा कोठामा राख्ने डस्टबिन पाँच थान बुधबार सहयोग गरेको हो ।

भक्तपुर, १७ साउन । मध्यपुरथिमी–८ मिलरोड बोडेको ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले सिद्धीकालीस्थित मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेका छन् । ग्ल्याडस्टोनमा स्थापना गरिएको विद्यार्थीको संस्था स्टुडेन्ट काउन्सिलले सांगीतिक कार्यक्रम गरी संकलन गरिएको रकम बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यागृहलाई ५०० लिटरको पानी ट्यांकी एक, पानी तान्ने मेशिन एक र कक्षा कोठामा राख्ने डस्टबिन पाँच थान बुधबार सहयोग गरेको हो ।

ग्ल्याडस्टोनका प्रधानाध्यापक विनोदकुमार कोइरालाले विद्यागृहका प्रधानाध्यापक बाबुकृष्ण रञ्जितलाई सो सामग्री हस्तान्तरण गरे । ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभई सामाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि समाहित हुँदै आएको सन्दर्भमा विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेको प्रधानाध्यापक कोइरालाले बताए ।

विसं २०६९ को प्रवेशिका परीक्षामा छात्रातर्फ नेपाल प्रथम र २०७० सालको प्रवेशिका परीक्षामा दोस्रो स्थान हासिल गरेको ग्ल्याडस्टोनले ब्रिटिश सरकार र नेपाल सरकारले संयुक्तरूपमा प्रदान गर्ने इन्टरनेशनल स्कूल अवार्ड दुई पटक पाएको छ । पछिल्लो पटक सन् २०१६ देखि २०१९ सम्मको लागि अवार्ड प्राप्त गरेपछि ग्ल्याडस्टोनले सामाजिक कार्य योजनाका लागि गत जेठ २० गते शिक्षक सविन श्रेष्ठको संयोजकत्व र विद्यार्थी करिना घजुको अध्यक्षतामा स्टुडेन्ट काउन्सिल गठन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा
मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने
प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण
प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
कामु प्रधानन्यायाधीश जोशी होईनन् :  कानूनमन्त्री ढकाल
कामु प्रधानन्यायाधीश जोशी होईनन् : कानूनमन्त्री ढकाल
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता

तपाईंले छुटाउनुभयो कि?