काठमाडौंका एसएसपी हटाउन चलखेल !
सारांश
- काठमााडाै, ३० वैशाख।
- काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको छ ।
- स्राेतका अनुसार उपरिक्षकहरु(एसपी)को सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएसंगै काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको हाे ।
काठमााडाै, ३० वैशाख। काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको छ ।
स्राेतका अनुसार उपरिक्षकहरु(एसपी)को सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएसंगै काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको हाे ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेजी र सुन तस्करीको जालो तोडेर कमाएको ख्याति बदनाम एसपीलाई आकर्षक जिल्लामा सरुवा गरेर धुजाधुजा पारेकाे हल्ला चल्न थालेकाे युनाइटेड पाेस्टमा खबर छ। एसपी र पछिल्लो समयमा डिएसपीको सरुवामा गृहमन्त्री थापाका छोरा प्रतीक थापालाई केही खराब व्यक्तिले दुरुपयोग गरेको गृह मन्त्रालय स्रोतले वतायो ।
बालुवा तस्करीमा कहलिएको सो समुहले काठमाडौंमा आफु अनुकुलको एसएसपी पठाउन गृहमन्त्री थापालाई दबाब दिन थालेको वताइन्छ । त्यसका लागि एसएसपी बिश्वराज पोखरेललाई हटाएर बसन्त लामालाई पठाउन चलखेल सुरु भएको हो।
मकवानपुर र कास्कीमा बस्दा अकुत सम्पत्ति जोडेका एसएसपी लामा अहिले सुन तस्करीको छानविनका लागि गठित बिशेस अनुसन्धान समितीमा छन् । पोखरेल काठमाडौंमा आएको चार महिना पनि बितेको छैन ।
प्रतिक्रिया