अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक

सारांश

  • काठमाडौं।
  • सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ।
  • भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बेलायतवाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो।

काठमाडौं। सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ। भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बेलायतवाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो।
चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो । ४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक सनम कुमार बैरागले दिएका छन्।
चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ। नायक विक्रम दि जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशीको निर्माण रहेको छ।
त्यस्तै, निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।
बेलायतवाट सेप्टेम्बर महिनावाट चलचित्र कैदीको पत्र सार्वजनिक प्रदर्शन शुरु हुने भएको छ। त्यस्तै, नेपालभर आगामी नोभेम्बर महिनावाट हुने भएको जानकारी पनि निर्देशक बैरागले दिएका छन्।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
देउवाको सम्पत्ति किन गोप्य ?
देउवाको सम्पत्ति किन गोप्य ?
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
भरतपुरका मेयरलाई २ करोड ७० लाखको ल्याण्डक्रुजर गाडी,
भरतपुरका मेयरलाई २ करोड ७० लाखको ल्याण्डक्रुजर गाडी,
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित

तपाईंले छुटाउनुभयो कि?