विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित
सारांश
- एएफपी- विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख मान्छे विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
- सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् ।
- सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा छ ।
एएफपी- विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख मान्छे विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा छ ।
यसरी विस्थापित भएका मान्छेको एक दशकयताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ । एक दशकमात्र अघि यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा छ ।
विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।
सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ ।
प्रतिक्रिया