प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन
सारांश
- माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, २२ वैसाख ।
- किशोर,किशोरी मैत्री सेवाको प्रभावकाराती र प्रमाणिकरण गर्न जिल्ला जन स्वास्थ्य परिवार स्वास्थ्य महाशाखा अधिकृत सहितको टोलीले कपिलवस्तुको बरकलपुरमा अनुगमन गरेको छ ।
- प्रमाणिकरणको ९ वटा सुचक अनुगमन गर्ने क्रममा स्वास्थ्य व्यवस्थापन समिति,किशिोर,किशोरी संग मन्त्रालयको टिमले छलफल गरेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले बताए ।
माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, २२ वैसाख । किशोर,किशोरी मैत्री सेवाको प्रभावकाराती र प्रमाणिकरण गर्न जिल्ला जन स्वास्थ्य परिवार स्वास्थ्य महाशाखा अधिकृत सहितको टोलीले कपिलवस्तुको बरकलपुरमा अनुगमन गरेको छ ।
प्रमाणिकरणको ९ वटा सुचक अनुगमन गर्ने क्रममा स्वास्थ्य व्यवस्थापन समिति,किशिोर,किशोरी संग मन्त्रालयको टिमले छलफल गरेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले बताए ।
प्रत्येक सुचकमा ६० अंक भन्दा बढी ल्याउनै पर्ने मापदण्ड भएपनि बरकलपुर स्वास्थ्य चौकीले ९४ अंक प्राप्त गरेको छ । स्वास्थ्य अधिकृत रेग्मीले बरकलपुर स्वास्थ्य चौकीलाई शुभकामना दिदै ५ वर्ष सम्मका लागि प्रमाण पत्र प्राप्त गरेपनि हरेक चौमासीक स्वमुलयाङ्गकन फारम भर्नु पर्ने बताए ।
हाल बरकलपुर स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकी तिर अग्रसर रहेको स्वास्थ्य चौकी इन्चार्ज चन्द्रवती अधिकारीले बताए । स्वास्थ्य चौकीमा १० जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको छ ।
नेपालमा ७४ लाखको हारहारीमा १० वर्ष देखी १९ वर्ष सम्मका किशोर किशोरी रहेका छन जसमा १३ प्रतिशतले चुरोट सुर्तिजन्य पदार्थ सेवन र १८ प्रतिशतले जाडरक्सी सेवन गरिरहेको तथ्याङक रहेको छ । जसमा ३२ प्रतिशतले मात्र वच्चा जन्मान्तर गर्ने गरेको र नेपाल मा ११ सय ३४ वटा स्वास्थ्य चौकीमा यो कार्यक्रम लागु भएपनी ५७ वटा सस्था प्रमाणिकरण भइसकेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले जानकारी दिए ।
स्वास्थ्य चौकीले बहिरङग सेवा सहित २४ घण्टे प्रसुती सेवा समेत संचालनमा गरेको छ । कार्यक्रममा वुद्घभुमी नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ,वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने,सेभ द चिल्ड्रेनका परमान्द मण्डल,कालिका स्वालम्वन सामाजिक केन्द्रका अर्जुन थापा लगाएतको उपस्थिती रहेको थियो ।
(Home)
धने बाबु कुमाल
? ℓσνє? тнє? ℓιfє⛄ уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? NEPALI-BOT,TK ?