सुनको मुल्य ७ सयले घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सुनको मुल्य ७ सयले घट्यो

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ ।
  • बुधबार सुन तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो ।
  • आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुन तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन तोलामा १५ सयले बढेर ९४ हजार १ सय रुपैयाँले खरिद त्रिक्रि भएको थियो ।

यस्तै, चाँदीको मुल्य आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?