शिवराज ३ र ४ लाई पुर्ण खोप सुनिश्चित घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
शिवराज ३ र ४ लाई पुर्ण खोप सुनिश्चित घोषणा

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, ३१ असार ।
  • कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ र ४ तथा साविक चनई गाविस लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।
  • ‘पुर्ण खोप सुरक्षीत भविष्य’ भन्ने उद्देश्य सहित विगत लामो समय देखी पुर्ण खोप अभियान संचालन गरिएको र अभियानमा पनि खोप खान छुटेका वालवालिकाको लागी विषेश खोप अभियान संचालन गरि घरघरमा पुगेर खोप लगाएको चनई स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोख्रेल वताए ।

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, ३१ असार । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ र ४ तथा साविक चनई गाविस लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । ‘पुर्ण खोप सुरक्षीत भविष्य’ भन्ने उद्देश्य सहित विगत लामो समय देखी पुर्ण खोप अभियान संचालन गरिएको र अभियानमा पनि खोप खान छुटेका वालवालिकाको लागी विषेश खोप अभियान संचालन गरि घरघरमा पुगेर खोप लगाएको चनई स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोख्रेल वताए ।

बालबालिका जन्मिएको १५ महिना सम्म र १५ महिना देखि २६ महिना सम्मका बालबालिका लाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने र खोप पुरा भएमा बालबालिकाहरुको मृत्युदर ,रोगको दर ,अपाङ्गताको दरमा कमि आउने पोख्रेलले वताए । साविकको चनई गा.वि.स मा २०५८ को जनगणना अनुसार कुल १४,९४६ जनसङख्या रहेको छ।  त्यस मध्ये ०–५ वर्ष सम्म १५५७ र ०–२ वर्ष सम्मका ६३३ बालबालिका रहेको वताइएको छ ।

दुवै वाडमा गरी १६ देखी २३ महिना सम्मका वालवालिकाको सख्याा १ सय ७७ जना मध्ये १ सय ६० जनालाई खोप खुवाएर पुर्ण खोप युक्त वडा घोषणा गरिएको जनाइएको छ ।कतिपय वालवालिकाहरु यस ठाउ वाट अन्य ठाउमा गएको हुदा छुटेको प्रमुख पोख्रेलले वताए । १५ महिना भित्र राष्ट्रिय खोप तालीका अनुसार पाउनुपर्ने सम्पुर्ण खोपहरु लगाएको वताए ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नेपालमा खोपको अभावले सयौ वालवालिकाहरुको मृत्यु भइरहेको हुदा यस शिवराज नगरपालिका का सम्पुर्ण वालवालिकालाई खोप खुवाई मृत्युदर तथा अपांगदर घटाउनुपर्ने वताए। जन्मे पछी स्वस्थ्य भएर वाच्न पाउनु हरेक नागरिकको अधिकार भएकोले देशकै अभियानलाई सवैले सहयोग गरेर सफल बनाउनुपर्ने वताए ।

शिवराज नगरपालिकाका अधिकांश वडाहरु पुर्ण खोप सुनिश्चित भइसकेकोले वाँकि रहेका वडाहरुमा पनि अभियानलाई तिव्रता दिन स्वास्थ्य कर्मीहरुलाई आग्रह गरे । प्रमुख अधिकारीले देशको सक्षम नागरिक बनाउने हरेक जनशक्ति प्रारम्भिक अवस्थामा स्वस्थ हुनु पर्ने बताउँदै उहाँले स्वस्थकर जीवन नै नयाँ संरचनाको मुल आधार रहेको जनाए। रोग लागेर उपचार गराउनु भन्दा पहिले नै सावधान अपनाउनु राम्रो हुने धारणा व्यक्त गरे । भविश्यमा कुनै पनि रोग नलगोस भन्ने हेतुले नवजात जन्मनसाथदेखि खोप सेवा सुचारु गरिन्छ ।

कार्यक्रममा पुर्ण खोप युक्त घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य कर्मी वडा अध्यक्ष लगाएतलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।  वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटा को अध्यक्षता शिवराज न.पा का नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिवराज नगरपालिका स्वास्थ्या साखा प्रमुख बिस्णु खत्री ,वडा न ४ का अध्यक्ष साफिक मुसलमान लगाएतको सहभागीतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?