६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन, १६ हजारलाई रोजगारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • ६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन, १६ हजारलाई रोजगारी एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
  • अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
  • ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।

६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन, १६ हजारलाई रोजगारी

एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । ‘हामीसँगका विभिन्न चरणको छलफलपछि कम्पनी नेपालमा ठूलो मात्रामा लगानी गर्न तयार भएको हो,’ हाल नेपालमै रहेका महावाणिज्यदूत मरासिनीले भने । अमेरिकाबाट नेपालमा यस स्तरको विदेशी लगानीको प्रतिबद्धता आउनु आफैँमा महत्वपूर्ण रहेको मरासिनीले बताए ।

स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो । नेपाली टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत थिए । कोहेनले अर्थमन्त्री डा. युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटेर लगानीका विषयमा कुरा गरिसकेको जानकारी मरासिनीले दिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
चिडियाखानामा एक युवक सिंहको अगाडि हाम्फाले,तैपनि सिंहले केही गरेन!
चिडियाखानामा एक युवक सिंहको अगाडि हाम्फाले,तैपनि सिंहले केही गरेन!
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन  हुने :  वरिष्ठ नेता खनाल
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने : वरिष्ठ नेता खनाल
काठमाडौँ उपत्यकाका ८ कोरोना संक्रमित सम्पर्क बाहिर
नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै
नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
तिब्बतको व्यापार ठप्प
तिब्बतको व्यापार ठप्प
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्

तपाईंले छुटाउनुभयो कि?