सुनले नपुगेर गहना अर्डर हुन छोडे
सारांश
- राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो ।
- बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ ।
- माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् ।
राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ ।
माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् ।
तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ । ठुला ब्यवसायीले स्टक राखे पनि साना व्यापारी मार्कामा परेको हमाल बताउँछन् ।
लगानी गर्न सक्नेले एक—दुई किलो स्टक राख्छन् , उनले भनिन् साना व्यवसायी निकै समस्यामा छौँ ।
आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया