सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

सारांश

  • इनरुवा, २६ वैशाख, सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।
  • सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो ।
  • असिना, पानी र हावाहुरीका कारण सुनसरीमा मात्र रु एक करोड मूल्य बराबरको क्षति तरकारी बाली, दलहन, रुख बिरुवा, आँप, लिचीलगायतका फलफूलमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।

इनरुवा, २६ वैशाख, सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।

सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो ।

असिना, पानी र हावाहुरीका कारण सुनसरीमा मात्र रु एक करोड मूल्य बराबरको क्षति तरकारी बाली, दलहन, रुख बिरुवा, आँप, लिचीलगायतका फलफूलमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । हावाहुरीका कारण जिल्लाका अधिकांश स्थानमा रुख बिरुवा ढलेर क्षतिग्रस्त बनेको स्थानीय चन्दन मेहताले बताउनुभयो ।

अचानक आज बिहान ४ः३० बजेदेखि शुरु भएको हावाहुरी र असिनापानीले केरा, लहरे बाली, तरकारी बाली र वन नर्सरी तथा रुख बिरुवामा क्षति पुगेको स्थानीय वीरेन्द्र मेहताले बताउनुभयो ।

हावाहुरीले भित्र्याउन लागेको मकैबालीमा पनि क्षति पुगेको छ भने तरकारी बाली डुबानमा परेको कृषकले बताएका छन् । हावाहुरीले सिंगै रुख बिरुवा ढलेर सखाप भएका छन् भने केरा बाली पूर्णरुपमा सखाप भएको कृषकले बताएका छन् । हावाहुरीले जिल्लाका विभिन्न भागमा कैयौँ घर लडेर क्षतिग्रस्त भएको बबियाका शिक्षक देवकृष्ण यादवले बताउनुभयो ।

उता हावाहुरीका कारण केही स्थानमा विद्युत् पोलमा समेत क्षति भएकाले बिहानदेखि विद्युत् अवरोध भएको छ । जिल्लामा आँप, कटहर, लिची र जामुनमा राम्रो फल लागेको भएपनि हावाहुरी र असिनापानीले ८० प्रतिशतमा क्षति पु¥याएको कृषकले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
चित्त दुखाउँदै नेपाल छोडे यी राजदुतले
चित्त दुखाउँदै नेपाल छोडे यी राजदुतले
पहिलो सडक योजना अलपत्र
पहिलो सडक योजना अलपत्र
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी