मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
सारांश
- ज्योतिष विज्ञान अनुसार मानिसको जन्मेको समय, ग्रह, नक्षत्र, ग्रोचर र वरिपरिको वातावरण लगायतले निकै ठूलो प्रभाव पार्दछ ।
- त्यसैले ज्योतिषशास्त्रमा मानिस जन्मिएको पल, घडी र बारको महत्व निकै हुन्छ ।
- हरेक मानिस जन्मिएको पल, घडी र बारले उसको भविष्य र आचरण कस्तो हुन्छ भन्ने निर्धारण गर्दछ ।
ज्योतिष विज्ञान अनुसार मानिसको जन्मेको समय, ग्रह, नक्षत्र, ग्रोचर र वरिपरिको वातावरण लगायतले निकै ठूलो प्रभाव पार्दछ । त्यसैले ज्योतिषशास्त्रमा मानिस जन्मिएको पल, घडी र बारको महत्व निकै हुन्छ । हरेक मानिस जन्मिएको पल, घडी र बारले उसको भविष्य र आचरण कस्तो हुन्छ भन्ने निर्धारण गर्दछ । आज हामी तपाईहरुलाई मंगलबार जन्मिएका मानिस कस्ता हुन्छन् र उनीहरुको बानी व्यहोरा र भविष्य कस्तो हुन्छ त्यो प्रस्तुत गर्दैछौँ ।
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. मंगलबार जन्मेका व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यस दिन जन्मने व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
प्रतिक्रिया