बलिया सांसद, अपराधै गरेपनि अब सांसद पद रहिरहने

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
१९
|
२० पटक हेरिएको
Shares
बलिया सांसद, अपराधै गरेपनि अब सांसद पद रहिरहने

सारांश

  • काठमाडौँ, २६ जेठ – तीन महिनादेखि रोकिएको प्रतिनिधिसभा संसद्को नियमावली बहुमतले पारित भएको छ ।
  • यो नियमावली पारित भएसँगै जुनसुकै अपराधै गरेपनि सांसदको पद रहिरहने भएको छ ।
  • संसद् नियमावलीको यस्तो व्यवस्थाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद अब हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबरजस्तीकरणी, खोटा सिक्का अपचलन, मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका फौजदारी मुद्दा लाग्ने काममा संलग्न भए पनि सांसद पद रहिरहने छ ।

काठमाडौँ, २६ जेठ – तीन महिनादेखि रोकिएको प्रतिनिधिसभा संसद्को नियमावली बहुमतले पारित भएको छ । यो नियमावली पारित भएसँगै जुनसुकै अपराधै गरेपनि सांसदको पद रहिरहने भएको छ ।

संसद् नियमावलीको यस्तो व्यवस्थाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद अब हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबरजस्तीकरणी, खोटा सिक्का अपचलन, मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका फौजदारी मुद्दा लाग्ने काममा संलग्न भए पनि सांसद पद रहिरहने छ ।

फौजदारी अभियोग लागेपनि सांसद हुन पाइने व्यवस्था नियमावलीमा राखेर पारित भएको छ । तर, संविधानमा राष्ट्रपतिलाई फौजदारी अभियोग लागेमा निलम्बन हुने व्यवस्था छ ।
प्रतिपक्ष दल नेपाली कांग्रेसका अडान राख्दा नियमावली रोकिंदा महत्वपूर्ण काम ठप्प भएका थिए ।

प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेमा स्वतः निलम्बन हुने व्यवस्था मिचेर सांसद पद निलम्बन नहुनेगरी नियमावली पास भएको छ ।

अभियोग लाग्दैमा संसद पद निलम्बन नहुने सहमति भएपछि नेपाली कांग्रेसले संशोधन फिर्ता लिँदै नियमावलीको पक्षमा मत हालेपछि पारित भएको थियो। नियमावलीको विपक्षमा मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले मात्र विपक्षमा मत व्यक्त गरे।

प्रतिक्रिया

19 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    भनेसी अब हाम्रो संसद भनेको अपराधिहरुको अखडा हुने भो, हैन त?

    Comment Author

    Nir Kumar Gurung

    Chor neta haru le aba shree 3 baneraoi desh lutne vaye.ra6aya garnuhosh pravu nepali janta ko

    Comment Author

    Durga Adhikari

    Nepal ma sabai upadro garne adhikar Janata bata anumodan. Badhai cha hai thula Neta ji lai.

    Comment Author

    Kc Ganesh

    अबत जनताले चुनावमा गाउँ देखि नै ढुङगाले हान्दै लखेटछन ,अपराध काे माला भिरेर गाउ पस्यो भने ।

    Comment Author

    Aachyon Gurung

    सकि गो नि, यो भन्दा हुने ठाउ नै छैन, अब बल्ल हुने भयो रा …को राज्य नेपालमा …

    Comment Author

    Uddhav Sharma

    कुनैदिन जनताले के गछं
    नेताहरु यादगर

    Comment Author

    Ram Rai

    फाैजदारी अभियाेग लागेकाे सांसद निलम्वन नगर्ने अडाज कुन पार्टीले राखेकाे हाे?चिनिराखाैं है।

    Comment Author

    Padamraj Bhattarai

    पैले एऊटा राजा लाई कानुन लागदैन थियो ऐले शंशद देखी रासट पति शंम लाई कानुन लगदैन आहा अनी पो गणतंत्र चाहिए को रैछ जय हो नेपाल जयहो छाडा तंत्र ।

    Comment Author

    Birendra Shrestha

    Aba 5 Barsha Paxi Hune CHUNABma Pani Halkai Samsadharu Nai KAYAM Hune Gari BIDHEYAKA Pani Yehi Maukama PASS Gari Haalnosa, Kinabhane Ahile Bhaye Pratipakshyale Pani Birodha Gardaina RA DESHko Rajashwako Pani Dherai BACHAT Hunxa.

    Comment Author

    Krishna Shrestha

    अभियोग लाग्दैमा निलम्बन हुने भयो भने अप्ठ्यारे अबस्थामा २/४जना सॉसद लाई झुठ्ठा मुद्दा लगायर निलम्बन गर्न सक्ने भयोनि. अभियोग लाग्नु र दोषि ठहरिनुमा फरक हुन्छनि

    Comment Author

    Harihar Pyara Stha

    यो सरकार खराब निर्णयहरु गर्न माहिर देखियो।

    Comment Author

    Anuj Pyakurel

    Nepalko kanun thulo manxelai honi sano le kura garda pani jel jan xan k garne naya nepal vaneko ta yastai ho hjr

    Comment Author

    Harihar Pyara Stha

    खराब निर्णयहरु- कुनै नेपालिले नचिनेको ब्यक्तिहरु लाई गणतन्त्र दिवस मा बिभुषित गर्नु, हत्यारा लाई आम माफी, अब रेशम चौधरीको सपथ हुने पक्का,सुन तस्कर कान्डको मुना निमोठेर जरामा गोड्मेल, अनि यो निर्णय । प्रमाणित हुने समय सम्ममा त पदावधी नै सकिन्छ।

    Comment Author

    Nirmal Bahadur

    अहिले को सरकार बाट राम्रा राम्रा प्रगती हुदै छ, धन्यवाद सरकार

    Comment Author

    Ishwor Basnet

    Bampanthi lai bhot halnele dhekhane bhaye ukhane ba ko…..

    Comment Author

    Durga Magar

    अबकेनै कानुन चाहियोर

    Comment Author

    Khim Chhetri

    Yo rule ramro bhayen

    Comment Author

    Uddav Shahi

    jay ho ganatantra nepal ko yehi ta ho janta le garne sasan

    Comment Author

    रमेश केसी काजी

    कानुन लाउने त सिधा सादा जनता हरु लाई मात्र हो नेता हरु त सबै श्री६माहाराजा भै सके।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 19
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?