सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु

सारांश

  • मुम्बई ।
  • बलिउडमा स्टारका छोरा छोरी धमाधम सिनेमामा आइरहेका छन् ।
  • यसैक्रममा बलिउडका स्टार अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टीपनि बलिउडमा आउने तयारीमा रहेका छन् ।

मुम्बई । बलिउडमा स्टारका छोरा छोरी धमाधम सिनेमामा आइरहेका छन् । यसैक्रममा बलिउडका स्टार अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टीपनि बलिउडमा आउने तयारीमा रहेका छन् । उनले सुपरहिट तेलगु फिल्मको हिन्दी रिमेक आरएक्स १०० बाट बलिवुडमा डेब्यु गर्न लागेका हुन् ।यो फिल्मको शुटिंग समेत सुरु भएको छ । यस फिल्मलाई चर्चित निर्देशक मिलन लुथारियाले निर्देशन गर्दै छन् भने यस फिल्मलाई साजिद नाडीयाडवाला निर्माण गरेका हुन् ।

यस अघि जैकी सराफका छोरा टाइगर सराफ र कृति सेननलाई हिरोपन्ती फिल्मबाट डेब्यु गराएका नाडीयाडवालाले अब अर्का सुपरस्टारका छोरालाई बलिवुडमा डेब्यु गराउदै छन् । अभिनेता सुनील शेट्टीले पनि बलिउडमा आफ्नो पहिलो फिल्म वक्त हामारा है पनि नाडीयावालाकै ब्यानरमा बनेको थियो ।

यस फिल्ममा अहानको अपोजिटमा हालै स्टुडेन्ट अफ द इयर(२ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री तारा सुतारियाले अभिनय गर्दै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?