निवर्तमान सांसदले रातो पासपोर्ट दुरुपयोग गर्नसक्ने आशंका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
निवर्तमान सांसदले रातो पासपोर्ट दुरुपयोग गर्नसक्ने आशंका

सारांश

  • अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक पासपोर्ट(रातो) दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ।
  • यो खबर मातृका दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्।
  • संसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्व सांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको छ।

अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक पासपोर्ट(रातो) दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ। यो खबर मातृका दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्।

संसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्व सांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको छ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरुपायोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ। पहिलो संविधानसभाका दर्जन सांसदहरु रातो पासपोर्ट किर्ते प्रकरणमा छानविनको दायरामा परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?