शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

सारांश

  • प्योङयाङ, २२ असोज  ः उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ ।
  • उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो ।
  • उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो ।

प्योङयाङ, २२ असोज  ः उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ ।

उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो ।

सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर अमेरिकामाथि कैयौँ क्षेत्रमा कडा खालको नाकाबन्दी पनि लगाएको छ ।

तर उक्त नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा सम्बद्ध अधिकारीहरुलाई आदेश दिनुभएको बताइएको छ ।

उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कस् पार्टीको सातौँ साधारण बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाली वरिष्ठ नेता किम जोङ उनले सो निर्देशन दिनुभएको हो ।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथि शसक्त कारबाही गर्ने जनाएका बेला त्यस्तो धम्कीका विरुद्धमा उत्तर कोरियाले अझ शक्तिशाली आणविक विकास गर्नुपर्ने भन्दै नेता उनले सो आदेश दिनुभएको बताइएको छ ।

उक्त बैठकमा सहभागी वर्कस पार्टीका नेता, उच्च सरकारी अधिकारी तथा मिसाइल बैज्ञानिकहरुलाई उहाँले सो आदेश दिएको सो समाचार समितिले जानकारी दिएको छ ।

उत्तर कोरियाले सेप्टेम्बर ३ मा गरेको हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

सो परीक्षणपछि अमेरिकाले दिएको धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित नै हुने जनाएको थियो ।

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी पनि हालै दिनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरलाई चीनको २७ लाखको सहयोग
महानगरलाई चीनको २७ लाखको सहयोग
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ
आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ
कतारमा कुमारी बूम स्टार सुपर नाइट २०१८ कार्यकम हुने
कतारमा कुमारी बूम स्टार सुपर नाइट २०१८ कार्यकम हुने
निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन
निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?