विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
सारांश
- काठमाडौं, पुस १५ ।
- एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि विराटनगर वारियर्सले जितेको छ ।
- आज भएको फाइनल खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको हो ।
काठमाडौं, पुस १५ । एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि विराटनगर वारियर्सले जितेको छ । आज भएको फाइनल खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको हो ।
पारस खड्काको कप्तानीमा विराटनगर वारियर्सले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । तर, शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सले अन्तिम समय सम्हालिन नसक्दा उपाधि गुमाउन पुग्यो ।
लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा पनि विराटनगरसँग मात्र पराजित भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया