सुन सहित भारतीय नागरीक पक्राउ
सारांश
- काठमाडौं, ४ चैत ।
- विल तथा अन्य आवश्यक कागजात नभएको सुन सहित भारत मेन्दीपुर कलकत्ता घर भएका आशुतोष सेनापतिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
- विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारतका आशुतोषलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, ४ चैत । विल तथा अन्य आवश्यक कागजात नभएको सुन सहित भारत मेन्दीपुर कलकत्ता घर भएका आशुतोष सेनापतिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारतका आशुतोषलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका नागढुंगास्थित चेक प्वाइन्टमा ना.१ ज ५०६० नम्बरको टाटासुमो चेक जाँच गर्ने क्रममा टाटा सुमोमा सवार आशुतोषलाई उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट बरामद गरिएको सुन सहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया