चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान

सारांश

  • गौशाला ।
  • महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
  • कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत जेठ २८ राति ७ बजेतिर औरही बजारबाट आफ्नो गाउँ औरही गाउँपालिका–२ फूलबरिया जाँदै गरेकी युवतीलाई औरही बजारदेखि ५०० मिटर टाँढा आँप बगैँचामा बाटो ढुकेर बसेका चारै जना युवकले समातेर मुख बन्द गरी पालैपालो बलात्कार गरेकाले उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

युवतीलाई सामूहिक बलात्कार गरेका युवकमध्ये एक जनालाई सोही राति ११ बजे र अरु तीन जनालाई एक साताभित्र पक्राउ गरी उनीहरुमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश दीपकराज पन्थले आइतबार अबेर साँझ उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
गाँजाखेती नष्ट
गाँजाखेती नष्ट
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राज्यमन्त्री र  धुर्मुसले सफा गरे विरअस्पतालको ट्वाइलेट
राज्यमन्त्री र धुर्मुसले सफा गरे विरअस्पतालको ट्वाइलेट

तपाईंले छुटाउनुभयो कि?