५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
सारांश
- काठमाडौं, ३ फागुन ।
- पाँच नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोख्रेलले आज पद तथा गोपनीयताको शपथ खाएका छन् ।
- प्रदेश प्रमुख उमाकान्त झाले नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
काठमाडौं, ३ फागुन । पाँच नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोख्रेलले आज पद तथा गोपनीयताको शपथ खाएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा मुख्यमन्त्री पोख्रेलले देश र नेपाली जनताका नाममा शपथ लिएका हुन् । मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (एमाले)का वैजनाथ चौधरी (थारु)लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आजै नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उनीहरुलाई पनि आजै पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको शहीद स्मारक र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।
Dip Chhangchha
निकै चुच्चो टोपी लगाएर कसरी सरकारी ढुकुटी रित्याउने भनेर सोच्नु भएको जस्तो लाग्छ त ।