सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचन सम्बन्धी छलफल हुने
सारांश
- सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।
- प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने लगायतका बिषयमा छलफल हुने जनाईएको छ ।
- यसअघि मंगलवार बसेको बैठकले मिति तय गर्न नसकेपछि आजलाई बैठक बोलाईएको हो ।
सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने लगायतका बिषयमा छलफल हुने जनाईएको छ । यसअघि मंगलवार बसेको बैठकले मिति तय गर्न नसकेपछि आजलाई बैठक बोलाईएको हो । निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया