शिवपुरमा महायज्ञ सुरु, गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
शिवपुरमा महायज्ञ सुरु,  गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड

सारांश

  • माधव बेल्वासे , कपिलवस्तु चन्द्रौटा,  २२ वैशाख ।
  • कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा धार्मीक महायज्ञ सुरु भएको छ ।
  • कपिलवस्तुका प्रदेश सांसाद अर्जुन केसीले शिक्षामा गुणस्तरीय खस्कीदै गएकोले यसको समाधान गर्नुपर्ने वताए ।

माधव बेल्वासे , कपिलवस्तु चन्द्रौटा,  २२ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा धार्मीक महायज्ञ सुरु भएको छ ।

कपिलवस्तुका प्रदेश सांसाद अर्जुन केसीले शिक्षामा गुणस्तरीय खस्कीदै गएकोले यसको समाधान गर्नुपर्ने वताए । विशेषतःसामुदायीक विद्यालयहरुमा शैक्षिक अवस्थामा कमजोर रहेकोले यसमा सुधारको लागी सवै आफ्नो ठाउ वाट लाग्नुपर्ने वताए । कपिलवस्तुको पश्चिमी क्षेत्र शिवराज नगरपालिका शिवपुरमा रहेको सरस्वती आधारभुत विद्यालयको आयोजनामा भएको शैक्षिक धार्मीक महोत्सवको उद्धघाटन गर्दै सासद केसीले यस्तो वताए ।

गाउका गरिव विपन्न वर्गका वालवालिकालाई अध्यापन गराउदै गएको सो विद्यालयमा एउटा मात्र दरवन्दी रहेको दुख व्यक्त गरे । कक्षा ८ सम्म अध्यान भइरहेको विद्यालयमा शिक्षकहरुको अभाव हुदा शौक्षिक गुणस्तरीय नभएकोले यस महायज्ञ पश्चात समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।आयोजक टिमले विद्यालयलाई नमुना विद्यालय बनाउनको उद्देश्य स्वरुप संचालन गर्न लागेको महायज्ञमा दानबीर हरु ओइरो लाग्ने सासंद केसीले वताए । शिक्षामा सवै कुरालाई परित्याग गरेर भएपनि गुणस्तरीय आवश्यक्ता रहेकोले संकलीत रकमलाई कुशलता पुर्वक शौक्षिक अवस्थामा सुधारमा लगाउन विद्यालय परिवारलाई आग्रह गरे ।

उनले भने “पछिल्लो समयमा महायज्ञ महोत्सवहरु कमाई खाने भाडो हो भन्ने जनताले वुझेकोले त्यो भ्रमलाई चिर्न आवश्यक छ” ।विद्यालयलाई नमुना विद्यालय बनाउने योजनालाई आफुले सक्दो सहयोग गर्ने केसीले प्रतिवद्धता जनाए । कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले लामो समयमा सम्म सोही विद्यालयमा आफु शिक्षिका भएर विद्यालयको अवस्था केलाउन अवशर पाएकोले विद्यालयलाई आर्थिक रुपमा विपन्न रहेको अवस्थामा नगरपालिका वाट सक्दो सहयोग गर्ने वताइन ।

त्यस्तै कार्यक्रममा वोल्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,वडा अध्यक्ष जगत वहादुर जिसी,विद्यालयका सस्थापक अध्यक्ष छन्दवाहादुर जिसीले महायज्ञ महायज्ञ पछी स्मार्ट विद्यालय हुने दावी गरे । विद्यालय सवै पक्षवाट कमजोर रहेको वताउदै अव सवैको सहयोग वाट नमुना विद्यालय हुने वताए । महायज्ञको उद्धघाटनमा कलश यात्रा झाकी प्रर्दशन,र्यालीको कार्यक्रम रहेको थियो । जिल्लाकै पश्चिम क्षेत्रमा रहेका सो विद्यालय आर्थिक रुपमा विपन्न रहेकोले विद्यालयलाई नमुना विद्यालय बनाउनको लागी वैसाख २२ गते देखी २९ गते सम्म महायज्ञ गर्न लागीएको शिवराज शिवपुर शौक्षिक तथा धार्मिक महोत्सव मुल आयोजक समितिका संयोजक शान्ती जिसीले वताइन ।

धार्मीक महोत्सवमा सहस्र शालिग्राम पुजा अर्चना,विराट धनधान्य महापर्व,भजन किर्तन,गौदान,रुद्रि पाठ, ग्रहशान्ती, लाख वत्ति प्रचलन गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो
साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो
देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड
संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड
खस्कियो शिक्षाको गुणस्तर
खस्कियो शिक्षाको गुणस्तर
भारतद्वारा नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार..
भारतद्वारा नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार..
३०३ स्थानीय तहको नतिजा सार्वजनिक :  कुन पार्टीले कहाँ जिते ?  (सूचिसहित)
३०३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका
१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

तपाईंले छुटाउनुभयो कि?