सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २०, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौ ।
  • चौतर्फी दबाब बढेपछि गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन ।
  • गृहमन्त्री खाँणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

काठमाडौ । चौतर्फी दबाब बढेपछि गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन ।

गृहमन्त्री खाँणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । नियम पालना गराउँदा मन्त्रीले शक्तिको आडमा गुरुङलाई थुनाउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको र मन्त्रीले थुनाउन लागेका आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?