अबैध घरेलु मदिरा नष्ट
सारांश
- काठमाण्डौ, १९ पुस ,प्रहरीले काठमाण्डौ महानगरगरपालिका ६ गोकर्णेश्वरका विभिन्न स्थानबाट ठुलो परिणाममा अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ नष्ट गरेको छ ।
- महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरीले बिहिबार विहान ०८स्०० बजे विभिन्न स्थानहरूमा चेकजाँच गर्दा घरेलु मदिरा ५ हजार लिटर, कच्चा पदार्थ २१ हजार लिटर र तुम्बा ५ हजार ५ सय लिटर बरामद गरी स्थानिय वडा प्रतिनिधिहरूको रोहबरमा नष्ट गरेको जनाएको छ ।
- साथै प्रहरीले मदिरा बनाउन प्रयोग गरेका ग्याँस चुलो १० थान, सिलिण्डर १९ थान, प्लास्टिक ड्रम १३० थान र मदिरा बनाउने भाडा कुडाँहरू ३६ थान पनि नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ, १९ पुस ,प्रहरीले काठमाण्डौ महानगरगरपालिका ६ गोकर्णेश्वरका विभिन्न स्थानबाट ठुलो परिणाममा अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरीले बिहिबार विहान ०८स्०० बजे विभिन्न स्थानहरूमा चेकजाँच गर्दा घरेलु मदिरा ५ हजार लिटर, कच्चा पदार्थ २१ हजार लिटर र तुम्बा ५ हजार ५ सय लिटर बरामद गरी स्थानिय वडा प्रतिनिधिहरूको रोहबरमा नष्ट गरेको जनाएको छ । साथै प्रहरीले मदिरा बनाउन प्रयोग गरेका ग्याँस चुलो १० थान, सिलिण्डर १९ थान, प्लास्टिक ड्रम १३० थान र मदिरा बनाउने भाडा कुडाँहरू ३६ थान पनि नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा अनुसन्धान कार्य भईरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया