अटेर गर्ने कर्मचारीलाई सरकारले बर्खास्त गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् ।
  • उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गरे ।
  • मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गरे ।

मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको
जानकारी दिए । मन्त्री पण्डितले भने, “केही कर्मचारीले अझै पनि अटेर गरेका छन्, त्यस्ता कर्मचारीलाई सरकारले बर्खास्तसम्म गर्न सक्छ ।”

सरकारले बाढी र पहिरोलाई ध्यानमा राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीलाई जहाँजहाँ कार्यरत छन्, त्यही कार्यालयमा रहेर केही महिना सेवा प्रवाह गर्न निर्देशन दिएको मन्त्री पण्डितले बताए । गोरखापत्र दैनिक

३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
बेलायतका नवनिर्वा्चित प्रधानमन्त्री बोरिस जोनसन र प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् ।

बेलायतको इतिहासमा यो जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् ।
यो पनि पढ्नुहोस्

यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वा्चित भएका हुन् ।

“प्रधानमन्त्री बोरिस , १३ साउन देखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थालेका छन् ।

प्रधानमन्त्री बोरिस ५५ बर्ष र प्रेमीका स्यमोन्डस ३३ बर्षको छिन् । यो जोडी पहिलाका प्रधानमन्त्रीहरु बस्ने गरेको स्थानमा भने नबस्ने जनाइएको छ । एजेन्सी

बन्द प्रभावः हेटौडामा २ गाडी जलाइयो
विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंबरको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी गराएका छन ।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए ।
यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

आज खीर खाने दिन
आज खीर खाने दिन । १५ साउनमा खीर खाने चलन प्रचलित छ । पौष्टिक आहारका रुपमा खीरको महत्व छ । सात्विक भोजमा पर्ने खीर खाँदा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

त्यसैले १५ साउनको दिन घर घरमा खीर खाने गरिन्छ । आज चतुर्दशी समेत परेको छ । हरियाली महिना भएकाले साउनको महिमा विशेष छ । किसानहरुले धान तथा महत्वपूर्ण बाली रोपेर आराम लिने महिना पनि हो । साउनमा हिन्दुहरुले महादेवको विशेष पूजा गर्नुका साथै ब्रत बस्ने चलन छ । बोलबम पनि चल्छ ।

कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् ।

गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

बैठकमा करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसकेका छन् । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए ।

करीब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए ।

बैठकमा मंगलबारदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरे ।

केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते आज दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एक महिना अघि मात्रै फर्किएका पूर्वराजा फेरि बैंकक जाँदै
पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । उनी अर्को हप्ताको अन्ततिर बैंकक जाने भएका हुन् । शाह निकट स्रोतका अनुसार साउनको अन्तिम हप्ता पूर्व राजाको बैंकक यात्रा तय भएको हो । एक महिना अघिमात्र उनी दुई हप्ता बैंकक बसेर फर्किएका थिए । परिवारसहित बैंकक पुगेका उनले नेपाली समुदायले आयोजना कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।

पछिल्लो समय शाहको बैंकक यात्रा बाक्लिनुलाई अर्थपूर्ण मानिएको छ । राजसंस्था रहेको देश थाइल्याण्डमा उनको आकर्षण बढेको छ । त्यहाँ उनकी नातिनीहरु अध्ययन गर्दै आएका छन् । पूर्व राजा थाइल्यान्डको यात्रा यात्रामा मात्र सिमिति नभएको हुनसक्ने बारे समेत सरकारले चासो लिन थालेको छ । उनले त्यहाँ रहँदा गोप्य भेटघाट समेत गर्ने गरेको चर्चा चलिरहेको छ ।

पूर्व राजा राजसंस्था ब्युँताउन सक्रिय रहेका छन् । उनले शक्तिकेन्द्र नजिकहरुसँग विदेशमा समेत भेट्ने गरेको बुझिएको छ । नेपालमा रहँदा उनले बुद्धिजीवी र राजसंस्थासँग सकारात्मक बनेकाहरुसँग भेट गरेका छन् ।

यसैगरी, सत्तारुढ दलका नेताहरु पनि धमाधम विदेश यात्रामा लागेका छन् । नेकपा अध्यक्ष प्रचण्ड युएई प्रस्थान गरेका छन् । उनी परिवारसहित १४ साउनमा उडेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नियमिति उपचारका लागि भन्दै १८ साउनमा सिंगापुर जाँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख
राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’
हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’
नेपाली र अमेरिकी सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
नेपाली र अमेरिकी सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
विवाहइतर सम्बन्धः हत्यादेखि आत्महत्यासम्को कारण बन्दै
विवाहइतर सम्बन्धः हत्यादेखि आत्महत्यासम्को कारण बन्दै
यसकारण दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ?
यसकारण दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ?
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै