आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
सारांश
- काठमाडौं, १७ बैशाख ।
- डा.
- गोविन्द केसी र आमरण अनसन एकअर्काका पर्यायवाची शव्द बनेका छन् ।
काठमाडौं, १७ बैशाख । डा. गोविन्द केसी र आमरण अनसन एकअर्काका पर्यायवाची शव्द बनेका छन् । पटकपटक आमरण अनसन बसरेर सरकारलाई समेत पटकपटक आफ्ना माग सुनुवाई गर्न वाध्य पारेका उनै आमरण अनसनकारी डा. गोविन्द केसीकै विरुद्धमा आमरण अनसन भयो भने के होला ?
हो, उनै अनसनकारी डा. गोविन्द केसीविरुद्ध एक युवा आमरण अनसनमा बसेका छन् । राजधानीको खुल्ला मञ्चमा “हाम्रो पार्टी नेपाल” नाम गरेको पार्टीका कार्यकर्ता २७ वर्षीय विजय थापा आमरण अनुसनमा बसेका हुन् । डा. केसीको आन्दोलनको बलमा मेडिकल शिक्षामा राष्ट्रघाती सम्झौता भएको दावी उनले गरेका छन् र चिकित्सा क्षेत्रसँग सम्बन्धित ८ बुँदे माग अगाडि सारेका छन् । उनी यही बैशाख १३ गतेदेखि आमरण अनसनमा बसेका छन् ।
चिकित्साशास्त्र अध्ययनमा रहेको सिन्डिकेट प्रथा खारेज गर्नुपर्ने, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयको रुपमा परिणत गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ खारेज गरिनुपर्ने, डाक्टर गोविन्द केसी र सरकारबीच भएको सबै सम्झौता खारेज गरिनुपर्ने, नेपाली विद्यार्थीहरुलाई विदेश आपूर्ति गराउने विदेशीका कन्सल्टेन्सी तत्काल बन्द गरिनुपर्ने, आईओएमका डिन जगदीश अग्रवालमाथि तत्काल छानबिन गरी कारबाही गरिनुपर्ने, गोविन्द केसीबारे नै पनि छानबिन गरिनुपर्ने र एमबीबीएस, एमडी लगायतको मेडिकल शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थीलाई विदेश जानैपर्ने बाध्यकारी अवस्थाको अन्त्य गरिनुपर्ने जस्ता माग थापाले राखेका छन् । यद्यपि उनको आमरण अनसनले राष्ट्रिय तरङ्ग भने ल्याउन सकेको छैन । आमरण अनसनको ५ दिन बिते पनि कुनै सुनुवाई भएको छैन ।
प्रतिक्रिया