चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २२, २०७६
|
|
२० पटक हेरिएको
Shares
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु

सारांश

  • काठमाडौँ ।
  • चीनको एक शहरबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २०५ देशमा पुगेको छ।
  • यस्तै दुई अन्तराष्ट्रिय पानी जहाजमा पनि संक्रमण पुष्टी भएको छ ।

काठमाडौँ । चीनको एक शहरबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २०५ देशमा पुगेको छ। यस्तै दुई अन्तराष्ट्रिय पानी जहाजमा पनि संक्रमण पुष्टी भएको छ ।

शनिबार (नेपाली समयअनुसार) बिहानसम्म आइपुग्दा विश्वभर कोरोना भइरसको संक्रमणबाट १० लाख ९८ हजार ६ जना मानिस संक्रमित भएका छन् ।

जसमध्ये २ लाख २८ हजार ४ सय ५ जना संक्रमित उपचारपछि घर फर्किएको र ५९ हजार १ सय ४१ जना संक्रमितले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनमा फेरि थपिए कोरोना संक्रमित

कोरोना भाइरसको उद्वगमस्थल मानिएको चीनमा पुनः कोरोनाको संक्रमण देखिन थालेको छ। पछिल्ला केही दिनदेखि कोरोना संक्रमण ज्यान गुमाउनेको संख्या शून्य देखिएको चीनमा शुक्रबार पुनः कोरोना संक्रमित फेला परेका छन् । चीनमा शुक्रबार ३१ जना नयाँ संक्रमित थपिएका छन् भने ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यसअघि चीनमा कोरोनाको नयाँ संक्रमण देखिन छाडेको भएपनि साढे दुई हजार जना कोरोना संक्रमितको भने उपचार जारी छ ।

अमेरिकामा एकै दिन १३२१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । २४ घण्टामा अमेरिकामा १ हजार ३ सय २१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

यस्तै शुक्रबार अमेरिका ३२ हजार २ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा कोरोना संिक्रमितको संख्या २ लाख ७७ हजार १ सय ६१ पुगेको छ।

२४ घण्टामा अमेरिकामा १३२१, स्पेनमा ८५०, इटली ७६६, फ्रान्स ११२०, यूके ६८४, जर्मनी १६८, इरान १३४, नेदरल्याण्ड १४८, बेल्जियम १३२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । अन्य देशको विवतरण तलको तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने
नवलपरासीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, कारमा पनि आगजनी
नवलपरासीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, कारमा पनि आगजनी
फाेटाे पत्रकार श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण
फाेटाे पत्रकार श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण
आजदेखि कोरोना ब्रिफिङ नहुने
आजदेखि कोरोना ब्रिफिङ नहुने
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
सिटिजन्स बैंकले  २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने
सिटिजन्स बैंकले २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
‘सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’
‘सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’
सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ
सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

तपाईंले छुटाउनुभयो कि?