गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो

सारांश

  • म्याग्दीको धौलागिरि गाउँपालिका-१ स्थित गुर्जा हिमाल आरोहण गर्न जाने क्रममा हिमआँधीमा परेर मृत्यु भएका नौ जनामध्ये एक जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
  •  भेटिएका आठ शवमध्ये आज (आइतबार) बिहान एउटा शव मात्र घटनास्थलबाट निकालिएको छ।
  • अरू शव घटनास्थलमै अलपत्र छन्।

म्याग्दीको धौलागिरि गाउँपालिका-१ स्थित गुर्जा हिमाल आरोहण गर्न जाने क्रममा हिमआँधीमा परेर मृत्यु भएका नौ जनामध्ये एक जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। भेटिएका आठ शवमध्ये आज (आइतबार) बिहान एउटा शव मात्र घटनास्थलबाट निकालिएको छ। अरू शव घटनास्थलमै अलपत्र छन्। धौलागिरि वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले एउटा शव सिम्रिक एयरको हेलिकप्टरले गुर्जा गाउँनजिकै झारेर गएको  जानकारी दिए।

‘हेलिकप्टरले एउटा लास गाउँनजिकै झारेर गएको छ,’  वडाध्यक्ष छन्त्यालले भने,‘कपडामा बेरेर ल्याइएको छ कसको हो थाहा छैन।’ पोखराबाट आएको उक्त हेलिकप्टर घटनास्थल नगई फेरि उतै फर्किएको उनले बताए। आफूहरू घटनास्थलमा नभएकाले हेलिकप्टर किन फेरि घटनास्थल गएन भन्ने कुरा थाहा नभएको छन्त्यालले बताए। उनका अनुसार घटनास्थलमा दुई स्थानीय र दुई उद्धारकर्मी खटिएका छन्।गुर्जा हिमालको आधार शिविरमा बास बसेका चार नेपाली र पाँच कोरियाली नागरिकको मृत्यु भएको थियो। 

प्रहरीका अनुसार मृत्यु भएकामा कोरियाली पर्यटक लिएर गएका संखुवासभा हटियाका छिरिङ भोटे, भोटेखोलाका लाक्पा सोङबु भोटे, फर्बु भोटे र म्याग्दी, गुर्जाका नेत्रबहादुर छन्त्याल छन्।यसैगरी घटनामा दक्षिण कोरियाका जोहोन ली, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङको मृत्यु भएको छ। दुर्घटनाको पुष्टि भएपछि शनिबार बिहान सिम्रिक एयरका हेलिकप्टर दुईपटक घटनास्थल पुगे पनि शव ल्याउन सकेन।आठ वर्षपछि गुर्जा हिमाल आरोहणमा गएको पहिलो टोली दुर्घटनामा परेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवा चुनावी दौडाहामा
प्रधानमन्त्री देउवा चुनावी दौडाहामा
राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो
राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
गीत  सुन्दा जति सजिलो लाग्छ  यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
गीत सुन्दा जति सजिलो लाग्छ यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित