सेयर बजार २१.१५ अंकले घट्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सेयर बजार २१.१५ अंकले घट्यो

सारांश

  • काठमाडौं ।
  • साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा आरालो लागेको छ ।
  • नेप्से परिसूचक २१.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी अपी हाईड्रोपावरको ५ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ । बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?