प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
१८ पटक हेरिएको
Shares
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी

सारांश

  • काठमाडौं ।
  • सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ ।
  • जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो ।

काठमाडौं । सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ ।

जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो । उनका अनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रुपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ ।

प्रहरीका अनुसार चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन । “मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामेराको रिसिभर पनि चूँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ”, निमित्त प्रवक्ता शाहले भने, “प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ ।”

चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिए । चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ । विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?