राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान
सारांश
- काठमाडौं।
- राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गरेकी छन्।
- राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गरेकी हुन्।
काठमाडौं। राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गरेकी हुन्। त्यसपछि उनी म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए। राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्धिपक्षीय भेटवार्ता गर्ने छिन् भने म्यानमारका स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आगामी कार्तिक ६ गते बुधबार बेलुका साँढे ८ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया