प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १७, २०७९
|
|
२३ पटक हेरिएको
Shares
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता

सारांश

  • काठमाडौं  ।
  • आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्।
  • निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए।

काठमाडौं  । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए। जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन्।

अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरु बारे समन्धित दललाई पत्राचार गरिने जनाएको छ। नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि अन्तिम समयमा आएर महराको नाम हटाएको हो।आफ्नै इच्छामा नाम हटाइए पनि प्रत्यक्ष चुनाव नलड्ने महराले यसअघि नै बताइसकेका छन।

आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो।

उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?