सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३० पटक हेरिएको
Shares
सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो

सारांश

  • सोलुखुम्बु, मंसिर २६ –सोलुखुम्बुमा पत्यक्षतर्फ वाम गठबन्धनसँग पराजित हुन पुगेको कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ ।
  • समानुपातिकतर्फको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रोे, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो र नयाँ शक्ति पार्टी नेपाल पाचौँ भएका छन् ।
  • चुनावमा जम्मा खसेको ४१ हजार ४ सय २० मत गणना गर्दा प्रतिनिधिसभातर्फ कांग्रेसले एमालेको भन्दा ३ हजार ८२ बढी मत प्राप्त गरेको छ ।

सोलुखुम्बु, मंसिर २६ –सोलुखुम्बुमा पत्यक्षतर्फ वाम गठबन्धनसँग पराजित हुन पुगेको कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रोे, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो र नयाँ शक्ति पार्टी नेपाल पाचौँ भएका छन् ।

चुनावमा जम्मा खसेको ४१ हजार ४ सय २० मत गणना गर्दा प्रतिनिधिसभातर्फ कांग्रेसले एमालेको भन्दा ३ हजार ८२ बढी मत प्राप्त गरेको छ । मतपरिणाम अनुसार कांग्रेसले १५ हजार १ सय ४८, एमालेले १२ हजार ६६ , माओवादी केन्द्रले ७ हजार ६ सय ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ८५ र नयाँ शक्ति पार्टी नेपालले ३ सय ७६ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा खसेको कुल मत मध्ये ४ हजार ६ सय ४९ मत बदर भएको छ ।त्यसैगरी प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस पहिलो भएको छ । प्रदेशसभातर्फ एमालेको भन्दा  कांग्रेसले २ हजार ९ सय ८९ बढी मत ल्याएर प्रदेशसभामा पहिलो बनेको हो ।

प्रदेशसभातर्फ कांग्रेसले १३ हजार ४ सय ४७, एमालेले १० हजार ४ सय ५८, माओवादी केन्द्रले ८ हजार ३१, राप्रपाले १ हजार ५ सय ५५ र नयाँ शक्ति पार्टी नेपालले ४ सय ६ मत ल्याएका छन् । प्रदेशसभामा खसेको कुल मतमध्ये ६ हजार ७ सय ६३ मत बदर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
इलाममा बढ्यो चुनावी सरगर्मी
इलाममा बढ्यो चुनावी सरगर्मी
‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या
‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज

तपाईंले छुटाउनुभयो कि?