फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल

सारांश

  • पेरिस ।
  • फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ ।
  • पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ ।

पेरिस । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ ।

वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो । एक साताअघि पहिलो चरणमा चरम दक्षिणपन्थी नेशनल र्‍याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) सबैभन्दा बढी मत ल्याउदै अगाडी रहेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । तर, कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन सक्ने अवस्था छैन । अबको प्रधानमन्त्री को हुन् भन्ने स्पष्ट भइसकेको छैन तर म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार ५७७ सदस्यीय फ्रान्सको तल्लो सदनमा बामपन्थी गठबन्धनले १८२ सिट जितेको छ भने राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल एलायन्सले १६८ सिट जितेको छ । त्यस्तै नेशनल र्‍यालीले १४३ सिट जितेको फ्रान्सका मिडियाले उल्लेख गरेका छन् ।

यस सम्भावित ठूलो अप्ठ्यारोको कारण धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरूले अति दक्षिणपन्थी राष्ट्रिय र्‍यालीको विरुद्धमा मतदाताहरूबीच विभाजन हुन नदिन चुनावी दौडबाट पछि हटेका थिए ।

फ्रान्स अनबाउड पार्टीका नेता जीन-लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् ।

मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय र्‍याली गरिरहेका छन् । नेशनल र्‍यालीका नेता जोर्डन बर्डेलाले ‘बेइमानहरूको गठबन्धन’ ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा राखेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
ओमानमाथि नेपालको सानदार जित
ओमानमाथि नेपालको सानदार जित
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
हिन्दुराष्ट्र पुनर्स्थापना गराएरै छाड्छौं: कमल थापा
हिन्दुराष्ट्र पुनर्स्थापना गराएरै छाड्छौं: कमल थापा
नेपाल–भारत सीमा नाका बन्द हुने
नेपाल–भारत सीमा नाका बन्द हुने
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान

तपाईंले छुटाउनुभयो कि?