स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल व्यवसायमा
सारांश
- काठमाडौं ।
- ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्रि वितरण सुरु गरिँदैछ ।
- ग्राहकलाई सुलभ मुल्यमा विश्वबजारका सबैजसो ब्राण्डहरु उपलब्ध गरिने उद्देश्यले यहि आउँदो १ सेप्टेम्बर २०१७ वाट उक्त टेलि इनोभेसन मल्टिब्रान्ड मोबाइल हब सञ्चालन गरिने भएको हो ।
काठमाडौं । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्रि वितरण सुरु गरिँदैछ । ग्राहकलाई सुलभ मुल्यमा विश्वबजारका सबैजसो ब्राण्डहरु उपलब्ध गरिने उद्देश्यले यहि आउँदो १ सेप्टेम्बर २०१७ वाट उक्त टेलि इनोभेसन मल्टिब्रान्ड मोबाइल हब सञ्चालन गरिने भएको हो ।
स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर त्याग्दै युवा व्यवसायीको रुपमा निरज सापकोटाले यो व्यवसायमा हात हालेका हुन् । टेलि इनोभेसनको शुभारम्भको उपलक्ष्यमा सेप्टेम्बर फस्टदेखि सेप्टेम्बर २५ सम्म ५ प्रतिशत देखि ५० प्रतिशतसम्म हरेक मोबाइल तथा एसेसरिज खरिदमा छुट दिइनेछ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, जस्तै पावर बैंक, सेल्फी स्टिक, हेड फोन, मोबाइल कभर, ब्लुटुथ, मेमोरी कार्ड तथा पेनड्राइभ दिइनेछ ।
उक्त अवधीमा एप्पल, एचटिसी, हुवावे, जियोनी, सामसुङ, वान प्लस, ओप्पो, लाभा, कलर्स, डिटिसी, माइक्रोम्याक्सलगायतका मोबाइल सेटहरु रहनेछन् । नेपालमा पहिलो पटक नौलो अवधारणासहित सञ्चालनमा आएको यो मल्टि ब्रान्ड सो रुममा ग्राहकले सहज वातावरणमा आफ्नो छनौटका उपकरणबारे विस्तृत जानकारी पाउनेछन् ।
स्टान्डर्ड चार्टडको आकर्षक स्थायी जागिर छोडेर यो मोबाइल व्यवसायमा आबद्ध भई मोबाइल सेक्टरमा नौलो क्रान्ती ल्याउने गरि व्यवसायी सापकोटाले यो व्यवसाय गर्न लागेका हुन् । स्टान्र्डड चार्टडमा रहँदा उनी रिलेसनसिप म्यानेजर थिए ।
उक्त कम्पनीका प्रमुख कार्यकारी रहेका सापकोटा भन्छन्, ‘मोबाइल सेक्टरमा अझै स्तरिय सुविधा ग्राहकले नपाएको र टेलि इनोभेसनको शुभारम्भपछि सम्पूर्ण सुविधा सम्पूर्ण ग्राहकले पाउने विश्वास दिलाउन चाहान्छौं । त्यहाँ मोबाइल खरिद गर्नेहरुले डेबिट र क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिनेछ ।’
प्रतिक्रिया