स्थानीयबासीले घेरे प्रहरी बृत्त
सारांश
- भक्तपुर, २६ बैशाख ।
- आफ्ना मेयरमाथि सांघातिक रुपमा हमला गर्ने कार्यमा संलग्न अपराधीहरुको समुहमाथि प्रहरीले कारवाही गर्न ढिलाई गरेको भन्दै भक्तपुरका स्थानीयबासीले बुधवार ठिमी प्रहरी बृत्तको कार्यालय घेराउ गरेका छन् ।
- मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिएको भन्दै स्थानीयबासीले प्रहरीको विरोध गर्दै घेराऊ गरेका हुन् ।
भक्तपुर, २६ बैशाख । आफ्ना मेयरमाथि सांघातिक रुपमा हमला गर्ने कार्यमा संलग्न अपराधीहरुको समुहमाथि प्रहरीले कारवाही गर्न ढिलाई गरेको भन्दै भक्तपुरका स्थानीयबासीले बुधवार ठिमी प्रहरी बृत्तको कार्यालय घेराउ गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिएको भन्दै स्थानीयबासीले प्रहरीको विरोध गर्दै घेराऊ गरेका हुन् ।
प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार साँझ घरै अगाडि सांघातिक आक्रमण भएको थियो ।
स्थानीय बासिन्दाले र्याली तथा प्रदर्शनपछि प्रहरी वृत्त थिमि घेराउ गरेका थिए । मध्यपुरथिमि बालकुमारीबाट सुरु भएको विरोध र्याली, दुईपोखरी, बाहाखा बजार, नगदेश परिक्रमा गर्दै प्रहरी वृत्त थिमि पुगेर घेरामा परिणत गरेका थिए ।
स्थानीयबासीले घटनामा संलग्नको सिसी टिभी फुटेज सार्वजनिक भइसक्दा समेत दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना गरेका थिए ।
स्थानीयवासी विरोध समितिका सदस्य नवीनप्रकाश श्रेष्ठका अनुसार दोषीमाथि तत्काल कारवाही नभए थप आन्दोलनको कार्यक्रममा घोषणा हुनेछ । थिमिका बासिन्दाले १५१ सदस्यीय विरोध समिति गठन गरेर दोषीमाथि कारवाही गर्न दवाव दिँदै आएका छन् । स्थानीयबासीले घटना भएको घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरीले मुख्य आक्रमणकारीलाई अझै पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिक्रिया