स्थानीय तहको निर्वाचनमा काँग्रेसले बाजी मार्ने : गगन थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
४५३० पटक हेरिएको
Shares
स्थानीय तहको निर्वाचनमा काँग्रेसले बाजी मार्ने : गगन थापा

सारांश

  • सञ्जय अाचार्य -पाेखरा; नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले स्थानीय निकायको निर्वाचनमा काँग्रेसले वाजी मार्नैै पर्ने वताएका छन् ।
  • पोखरा लेखनाथ महानगर पालिकाको वडा नं.
  • २४ को सभामा वोल्दै स्वास्थ्य मन्त्री समेत रहेका थापाले वचन पुरा गर्न सक्ने पार्टी नेपाली काँग्रेस मात्र भएको भन्दै ४० औं ठूलो देश नेपालको सम्वृद्धि र विकासको लागि मधेश र पहाड मिलाएरै सवै अट्ने वनाउन नेपाली काँग्रेस सक्षम पार्टी भएको उल्लेख गरे ।

सञ्जय अाचार्य -पाेखरा;

नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले स्थानीय निकायको निर्वाचनमा काँग्रेसले वाजी मार्नैै पर्ने वताएका छन् । पोखरा लेखनाथ महानगर पालिकाको वडा नं. २४ को सभामा वोल्दै स्वास्थ्य मन्त्री समेत रहेका थापाले वचन पुरा गर्न सक्ने पार्टी नेपाली काँग्रेस मात्र भएको भन्दै ४० औं ठूलो देश नेपालको सम्वृद्धि र विकासको लागि मधेश र पहाड मिलाएरै सवै अट्ने वनाउन नेपाली काँग्रेस सक्षम पार्टी भएको उल्लेख गरे । संविधानले दिएको अधिकार र लोकतन्त्रको रक्षाकोलागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित अनिवार्य रहेको जनतालाई वुझाउनु पर्ने वताए । जिम्मेवारी वहन गर्न नसक्ने एमाले, मधेशवादी दलहरुले समस्यामात्र दिन सक्ने भन्दै यस्तै समस्या काँग्रेसले देखाए देश नचल्ने ठोकुवा गरे । सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य वद्री पाण्डेले नक्कली राष्ट्रवाद अंगालेको एमाले पार्टीबाट नेपाली जनताले कुनै आशा र भरोसा गर्न नसकिने प्रष्ट पारे । एमाले प्रति रुष्ट पाण्डेले एमालेले तल्लो तहको राजनीति गरेको आरोप लगाए । सभामा नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली काँग्रेसको धैर्य र भरोसालाई जनताले वुझेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र उम्मेद्वारको जित हुनेमा कुनै शंका नभएको वताए ।

सभामा नेपाली काँग्रेस पार्टीका कास्की सभापति कृष्ण केसीले आफ्नो मतको सुरक्षा गर्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएका थिए । चुनावी सभामा एमाले र माओवादी केन्द्र छोडेर करिव ३ सय कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । सभामा प्रताप वहादुर कार्की, भोला थापा, वेदहरी तिमिल्सिना, गंगा गिरी लगायतले वोलेका थिए । विभिन्न वडाहरुमा भएको चुनावी सभामा मेयरका उम्मेद्वार रामजी कुँवरले बजारसँगै जोडिएको सराङकोट पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण रहेको भन्दै खानेपानीको समस्या समाधान गर्ने तर्फ आफनो ध्यान केन्द्रीत भएको वताए । वडा नं १८ को घोषणापत्रमा भएको प्रतिवद्धता नेपाली काँग्रेसले मात्र पुरा गर्न सक्ने भन्दै प्राकृतिक स्रोत र साधनलाई उपयोग गरिने वताए । प्राकृतिक स्रोतलाई स्तरीय शिक्षाको लागि भौतिक विकासमा लगाउने प्रतिबद्धता समेत जनाए ।

उनले सराङकोटमा गुणस्तरीय शिक्षाको लागि पुस्तकालयको व्यवस्था, विद्यालयमा दिईदैं आएको छात्रबृतिलाई थप गर्ने लक्ष्य समेत लिईएको बताए । रेशम खेतीलाई व्यवसायिकरण गर्दै आय आर्जनको दरिलो स्रोत बनाउने सकिने भन्दै त्यसको लागि किसानलाई आवश्यक तालिम दिईने बताए । उपमेयर उम्मेदवार सरस्वती गुरुङले महिलाले पनि पर्यटनको विकासमा सहकार्य गर्नुपर्नेमा जोड दिईन् । ‘पर्यटकीय ठाँउ हो । त्यसैले घरभित्र मात्रै समेटिनु हुदैन् ।’ उनले भनिन—‘पर्यटन विकासको लागि अगाडि बढ्नुपर्छ । स्वाभिलम्बी बन्नुपर्छ ।’ नेपाली काँग्रेसले कसैलाई पनि विभेद नगरेको उल्लेख गर्दै महिला र पुरुसमात्र जात भएको उल्लेख गरिन् । भ्रष्टाचार अन्त्य गरेर देशको सम्मृद्धिमा टेवा दिन नेपाली काँग्रेसको रुख चिन्हमा छाप लगाउन सवैसंग अनुरोध गरिन् । कार्यक्रममा वलबहादुर थापा, भरतवहादुर थापा, कृष्ण तिमिल्सिना, शिवप्रसाद तिमिल्सिना लगायतले सभामा सम्वोधन गर्दै नव प्रवेशीलाई राम्रो घरमा आएपछि देशको सम्वृद्धिमा अगाडि हिड्ने बताएका थिए । नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरको वडा नंम्वर १ देखि ३३ वटै वडामा घरदैलो कार्यक्रमलाई तिव्रता दिएका प्रचार प्रसार सहसंयोजक शिरोमणी वरालले जानकारी दिए । यसैवीच गाउँ पालिकामा पनि चुनावी अभियानलाई तिव्रता दिएको छ । आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा लेखनाथ महानगर पालिकोको चुनावी सभामा सम्वाोधन कार्यक्रम रहेको युवा नेता भानु ढकालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
प्रभु साह र रघुविर महासेठ लगायतलाई कारवाही गर्न माग
प्रभु साह र रघुविर महासेठ लगायतलाई कारवाही गर्न माग
सिके राउतले भने, आजैको दिन फिरङ्गी सरकारले मधेसको अधिकार खोस्यो
सिके राउतले भने, आजैको दिन फिरङ्गी सरकारले मधेसको अधिकार खोस्यो
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण

तपाईंले छुटाउनुभयो कि?