पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।
  • सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ ।
  • जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताउनुभयो ।

दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ ।
जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताउनुभयो ।
राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ । सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ ।
राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ ।
धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
जताततै पहिरो आएका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकका विभिन्न स्थानमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सवारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
एकीकृत समाजवादीको बैठक सुरु
एकीकृत समाजवादीको बैठक सुरु
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
प्रचण्डलाई कांग्रेस प्रवक्ताको मुखभरि जवाफ, डा केसीले बन्दुक उठाउनु पथ्र्यो कामरेड ?
प्रचण्डलाई कांग्रेस प्रवक्ताको मुखभरि जवाफ, डा केसीले बन्दुक उठाउनु पथ्र्यो कामरेड ?
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

तपाईंले छुटाउनुभयो कि?