पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
४९ पटक हेरिएको
Shares
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने

सारांश

  • पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा आगामी आइतबार अर्थात् अप्रिल ३ मा मतदान हुने भएको छ ।
  • आन्तरिक मामिला मन्त्री शेख रसिदले खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने जानकारी दिएको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।
  • गत सोमबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा आगामी आइतबार अर्थात् अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मामिला मन्त्री शेख रसिदले खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने जानकारी दिएको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

गत सोमबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । ३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने मन्त्री रसिदको भनाइ छ । प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल हुने समेत उनको भनाइ छ । प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

ट्रिब्युनका अनुसार ३४२ सिट रहेको संसदमा प्रधानमन्त्री खानको सरकार विपक्षीभन्दा केबल २ मतले अघि रहेको छ । अविश्वासको प्रस्ताव पारित गर्नका लागि पाकिस्तानी संसदमा १७२ मत आवश्यक पर्छ । यद्यपि हालै खानको दलका सांसद् खयाल जमानको मृत्यु भएकाले संसदीय समिकरण अझ जटिल बनेको बताइएको छ ।

हाल विपक्षीसँग १६९ र सत्ता गठबन्धनसँग १७१ सिट सुरक्षित रहेको ट्रिब्युनले जनाएको छ । यस्तो अवस्थामा संसद्मा एक सिट मात्रै रहेको जमात ए इस्लामी पार्टीको मतले प्रधानमन्त्री खानको भविष्य निर्धारण गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…
आज कतिमा कारोबार हुँदैछ डलर ?
आज कतिमा कारोबार हुँदैछ डलर ?
जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा
जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !
सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने