कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
सारांश
- झापा , मंसिर १३ एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले लोकतन्त्रलाई मजबुत बनाउने बताएका छन् ।
- मुलुक सम्बृद्ध बनाउन र राष्ट्रियताको रक्षा गर्न मतदाताले वाम गठबन्धनलाई मत दिने उनले विश्वास व्यक्त गरे ।
- बुधबार गृहजिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रश्न गरे, ‘वाम गठबन्धनबाहेक अन्त कतै भोट हाल्नुपर्ने ठाउँ पनि देख्नुभएको छ र ?
झापा , मंसिर १३ एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले लोकतन्त्रलाई मजबुत बनाउने बताएका छन् ।
मुलुक सम्बृद्ध बनाउन र राष्ट्रियताको रक्षा गर्न मतदाताले वाम गठबन्धनलाई मत दिने उनले विश्वास व्यक्त गरे ।
बुधबार गृहजिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रश्न गरे, ‘वाम गठबन्धनबाहेक अन्त कतै भोट हाल्नुपर्ने ठाउँ पनि देख्नुभएको छ र ? सूर्य र सूर्यसँग तालमेल गरेका चुनाव चिन्हमा भोट हाल्नुप¥यो, अरु विकल्पै छैन ।’
ओलीले पहिलो चरणमा सम्पन्न मतदानबाट प्रतिनिधिसभाका ३७ सिटमध्ये वाम गठबन्धनले कम्तिमा ३० सिट ल्याउने दाबी गरे । वाम गठबन्धनले स्पष्ट दुई तीहाई ल्याउने ओलीले दाबी गरे ।
अध्यक्ष ओलीले एमालेले आचारसंहिता उल्लंघन ग¥यो भनेर होहल्ला गरिरहनु नपर्ने उल्लेख गरे । ‘आचारसंहिता उल्लंघन भयो भन्ने विषय म सुन्दैछु,’ उनले भने, ‘म कानुन पालना गर्ने मान्छे हुँ, कानुन उल्लंघन म सोच्न पनि सक्दिनँ, आचारसंहिता उल्लंघन गर्नलाई म कांग्रेसको अध्यक्ष होइन, एमालेको अध्यक्ष हुँ, त्यसकारण म आचारसंहिता पालना गर्छु ।’
राजधानीस्थित बानेश्वरमा सडक बन्द गरेर आमसभा गरिएको भन्ने कुराको ओलीले खण्डन गरे ।
नेपालमा धेरै पटक सडक बन्द हुँदा पनि चुइँक्क नबोल्नेहरुले यातायात अवरोध नगरी आमसभा सञ्चालन गर्दा कोकोहोलो मच्चाउनु अनुचित हुने ओलीको भनाइ थियो ।
पत्रकारहरुको जिज्ञासामा अध्यक्ष ओलीले गणेशमान सिंह बाँचिरहेको भए एमाले प्रवेश गर्ने दाबी पुनः दोहो¥याए । ‘उहाँले कांग्रेस त छोडिसक्नुभएको थियो,’ पत्रकारलाई प्रश्न गर्दै उनले भने, ‘कांग्रेस छोडेर चुप लागेर बस्नुहुन्थ्यो होला र उहाँ ? एमालेमा आउनु परेन ?’
कांग्रेससँग चुनावमा प्रचार गर्ने केही पनि विषय नभएको ओलीले बताए । कांग्रेसले लोकतन्त्र मासिने भो भनेर अमूर्त कुरा गरिरहेको ओलीको कथन छ । लोकतन्त्र मासिने नभइ कांग्रेसको शासन चाहिँ मासिने ओलीको दाबी थियो ।
‘कांग्रेसका साथीहरु कांग्रेस नै लोकतन्त्र हो भन्नुहुन्छ, कांग्रेस सरकारमा छ भने लोकतन्त्र छ, सरकारमा छैन भने लोकतन्त्र नै छैन भन्नुहुन्छ,’ ओलीले भने, ‘उहाँहरुको सीमित परिभाषा छ, आचारसंहिता एमालेलाई मात्र लाग्छ, कांग्रेसलाई लाग्दैन भन्ने भावना छ, कांग्रेस सरकारबाट हट्दा लोकतन्त्र हट्छ भन्ने भ्रम छ, उहाँहरुसँग विकासका निम्ति कुनै भिजन छैन, उहाँहरुको दिमाग मरुभूमि बनेको छ ।’
अध्यक्ष ओलीले कांग्रेस बिग्रिएको टिप्पणी गरे । कांग्रेसलाई सपार्नका लागि कम्तिमा ५ वर्षसम्म प्रतिपक्षमा राख्नुपर्ने ओलीको तर्क थियो । कांग्रेस सप्रिएमा लोकतन्त्रलाई फाइदा पुग्ने उनले बताए । ओलीले विकास र समृद्धिका कुनै एजेण्डा नभएपछि कांग्रेसले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको अनर्गल प्रचार गरेर आफ्नो चुनावी अभिष्ट पूरा गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
‘कांग्रेस साह्रै बिग्रियो, अब कांग्रेसलाई अलिकति पुनर्बिचार गर्ने तहमा पु¥याउनैपर्छ,’ उनले भने, ‘कांग्रेसलाई समाप्त हुनबाट जोगाउनका लागि उसलाई अब भोट दिनुहुँदैन, चुनावमा हराउनुपर्छ, ५ वर्ष प्रतिपक्षमा राखेर कांग्रेसलाई सिकाउनुपर्छ सरकार कसरी चलाउनुपर्छ भनेर, त्यसपछि सप्रिन्छ कि !’
Prakash Subedi
Kp ko dimag ko gobar variyako xa
Vawana Mahat
Dahine haat ho ki kya ho kapra bane ko oli ko dimag pip magna vako 6 ??️??️??️
Shyam Fayal
K bhanxa yo gaali siromani. Marne belaama yasle congressko sadasyata chahi linchha jasto chha, kinabane congressko naam uchcharan garda gardai aafai kun partyko ho bhanne pani yasle birsinchha jasto chha.
Gopi Timilsina
Oliko Dimagma Hariyali Hariyali Rukhai Rukh hos,Cong.le ta UML lai maruvumi dekheko sahi ho ,Balla oli ko dimag Khulyo
Vawana Mahat
Umle ko dimag surya le poler dadhelo vako 6??️??️??️??️??️
Shanker Gurung
Aafno ni?
Ravi Sharma
Ho kp tero dimak bidha ko ….ma baneko c
Chandra Bdr Lamichhane
Mukhaute democracy ko pardaa-faas garyo bhanera anap-sanap bolna suru bhayo,katai psychiatry fail holaani…..
Kiran Khadka
आफ्नो दिमाख उडिसकेकाे थाहा नपाउनेले अरुको दिमख मरुभुमी भयको देख्नेलाइ खै के भन्नू र?
Surya Prasad Suwal
यहांको दिमागमा ट्वाइलेट बनेको छ ।
Anoop Silwal
Timro dimag ma balla rukh aayo budo kidney fail
Chhabi Aryal
अाेलि ज्यु तपाईं काे त जन्ताले गर्ने भए भने पार्टी लाई अधाेगतिमा लान छाडा शब्दहरु नबाेले अाफ्नाे परिचय अाफै हुने थियाे
Raz Birjung Rana
राष्ट्रीय नेता अरे बिचार र सोच चॉही कुरै गर्न नहुने खालको जे होस लोकतन्त्र को धज्जियाँ उडाइ राखेका छन ओली जी ले
Gita Rana
Good
Narayan Regmi
Kashari kamrad ukhan ko mahir
Sushila Sharma Marhatta
Neta ji bichar garer matra bolnu parne
Beda P. Timilsina
त्यो त के पि को सोच हो ।
Rajesh Sharma
jaha umrinxa kebal kanda jun camel ko lagi matra upyoukta hunxa tyo ho kangress.
Naba Rijal
Mah pani yemale ho, ani kp oli ko fan pani bt aafno bichar vanda aru lai gali garera thulo vainxa ra??? aafno wight ko ni bichar garum na comred……. congress ko khilli na udai ni hami chunab jitna sakxam kina congress ko kura katna paryo
Tilak Guragai
कुकुर भुक्यो!!!!!!!!!!
Durga Adhikari
Nc sukkha maruvumi re, UML barkha ko khahare, aba 2 hapta ma khahare sukera kamila haru sukha khola ma paidal hideko dekhincha re Nepal ma.