भोट माग्न नायिका करिश्मा वीरगन्जमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४७ पटक हेरिएको
Shares
भोट माग्न नायिका करिश्मा वीरगन्जमा

सारांश

  • वीरगन्जः सदाबहार नायिका करिश्मा मानन्धरलाई यति बेला चु्नावी चटारोले छोएको छ।
  • रंगिन फिल्मी दुनियाँबाट राजनीतिमा पाईला चालेकी करिष्मा मानन्धरलाई हिजो आज फूर्सद नै छैन भन्दा हुन्छ।
  • नयाँ शक्ति पार्टीकी नेतृ करिश्मालार्इ आसन्न निर्वाचनका लागि पार्टीका उम्मेदवारको पक्षमा मत माग्न भ्याईनभ्याई छ।

वीरगन्जः सदाबहार नायिका करिश्मा मानन्धरलाई यति बेला चु्नावी चटारोले छोएको छ। रंगिन फिल्मी दुनियाँबाट राजनीतिमा पाईला चालेकी करिष्मा मानन्धरलाई हिजो आज फूर्सद नै छैन भन्दा हुन्छ। नयाँ शक्ति पार्टीकी नेतृ करिश्मालार्इ आसन्न निर्वाचनका लागि पार्टीका उम्मेदवारको पक्षमा मत माग्न भ्याईनभ्याई छ। यही शिलशिलामा उनी वीरगञ्ज आईपुगेकी हुन्।

वीरगञ्जमा आयोजित चुनावी सभामा करिश्माले नयाँ शक्तिको चु्नाव चिन्ह आँखामा मतदान गर्न आग्रह गरिन। नयाँ शक्ति पार्टीको संस्थापक सदस्य एवम् केन्द्रीय सचिवालय सदस्य रहेकी करिष्माले चुनावी सभामा भनिन्, ‘मुलुकको समृद्धि र आर्थिक विकास नयाँ शक्ति पार्टीबाट मात्र सम्भव छ।’

वीरगन्जको श्रीपुर मुर्लीमा रहेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा नयाँ शक्ति पार्टीको प्रदेश नम्बर २ स्तरीय समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ शक्ति रोज्नुको कारण समेत बताईन्। ‘बाबुराम भट्टराईका तीन वटा कुरा मन परेर नै म नयाँ शक्ति पार्टीमा लागेकी हुँ, उनले विगत सुनाउँदै भनिन्, ‘पहिलो कुरा हो स्थिर सरकार बिना मुलुकको विकास हुन सक्दैन, दोश्रो, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र तेश्रो कुरा हो सुशासन।’

प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारसमेत रहेकी करिश्माले नयाँ शक्तिलाई जिताउन अपिल गरिन्।

नयाँ शक्ति पार्टीका २ नम्बर प्रदेशका संयोजक रामरिझन यादवले प्रदेश नम्बर २ का आठ मध्ये सात वटा जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको भएपनि पर्सामा भने आफ्नो दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिन नसकेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?