डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
सारांश
- काठमाडौं, १६ फागुन ।
- डा.
- गोविन्द केसीले फेरि पनि अनसन बस्ने चेतावनी दिएका छन् ।
काठमाडौं, १६ फागुन । डा. गोविन्द केसीले फेरि पनि अनसन बस्ने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग लगाउन माग गर्दै नभए आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।
पराजुलीविरुद्ध आन्दोलन गर्दै आएका डा. केसी र अभिवक्ता ओमप्रकाश अर्यालले शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले सूचना नदिने व्यहोरासहितको पत्र थमाउन खोजेको डा. गोविन्द केसीले आरोप लगाए ।
डा. केसीले भने, “यसले हामीले माग गरेको उहाँको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंकालाई पुष्टि हुने आधार थपिएको छ । यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने छौं ।”
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी भ्रष्टाचार र माफियागिरी गरेको ठोकुवा गरेका छन् । प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गराई छाड्ने डा. केसीको दृढता देखाए ।
पराजुलीले राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने डा. केसीको माग छ । नभए सत्याग्रहसहितका कडा कदम चाल्ने डा. केसीले चेतावनी दिए ।
C.b. Karki
कसैकाे माग सम्बाेधन गर्न त हाेईन तर महाभियाेग साँसदकाे सपथ पछि लाग्छ नै ।
कारण अरू नै छ।बिरामीकाे सेवा बिराेधिहरूले फुर्ति लाउन पर्दैन।
Krishna Thakuri
यसको काम नै के छ र कहिले अनसन बस्ने त कहिले अनसन ताेड्ने