भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।
  • बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् ।

काठमाडौँ,१३ पुस । उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।

बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् ।

वैज्ञानिक भाडादर कायम नहँुदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने उनीहरुको माग छ । “२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ’’, व्यवसायी एवं चालक पूर्ण तामाङले बताउनुभयो ।

शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उहाँको भनाइ छ । “मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन”, उहाँले भन्नुभयो ।

सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या र गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाइएको जानकारी दिनुभयो । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताउनुभयो ।

व्यवसायी तथा चालक समाजसेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, आफूलगायत व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरेको बताउँदै तामाङले कुटपिटबाट ट्याक्सी चालकले आँखा गुमाउनु परेको जानकारी दिनुभयो । “अर्का घाइते बा १ ज ६१ ५६ नंं का चालक डम्बर खड्कालाई रु २५ हजार सहयोग गरियो । प्राइभेट गाडीले ट्याक्सीको काम गर्दा पनि समस्या भएको छ । यसबारेमा पटक÷पटक उजुरी गरे पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरेको छैन”, चालकहरूको भनाइ छ ।

हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउँदै तामाङले भन्नुभयो, “२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा रु २५० तिर्नुपथ्र्यो, अहिले रु पाँच सय तिर्नुपर्छ, तेस्रो पक्ष बीमा रु ५०० बाट अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।” अधिकांश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट मूल्य समायोजन गर्नुपर्ने तथा चालकमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास
५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
एकैदिन ८ जनाको विवाह रोकियो
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन