दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी दयाराम परियारको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको १७ औँ स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
  • परियारको जनआन्दोलन २०६२र६३ को क्रममा जनकपुरको जनकचोकमा २०६२ चैत १२ गते सुरक्षाकर्मीको गोली लागी उपचारको क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चैत १५ गते निधन भएको थियो ।

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी दयाराम परियारको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको १७ औँ स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

परियारको जनआन्दोलन २०६२र६३ को क्रममा जनकपुरको जनकचोकमा २०६२ चैत १२ गते सुरक्षाकर्मीको गोली लागी उपचारको क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चैत १५ गते निधन भएको थियो । आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले हरसम्भव प्रयास गर्ने बताए ।

स्व परियारका दाजु प्रकाशचन्द्र परियारले भाइको निधनले मानवअधिकारको क्षेत्रमा क्रियाशील सिङ्गो समुदाय नै जोखिममा रहेको प्रतिविम्बित गरेको र १७ औँ वर्ष पुगिसक्दासमेत न्याय प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे। उनले उक्त घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगको ध्यानाकर्षणसमेत गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?