स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा प्रवेश
सारांश
- काठमाडौं – रौतहट २ का स्वतन्त्र संघीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको छ ।
- सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गर्नुभएको हो ।
- पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराउनुभएको थियो ।
काठमाडौं – रौतहट २ का स्वतन्त्र संघीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गर्नुभएको हो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराउनुभएको थियो ।
उक्त अवसरमा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहनुभएको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सता गठबन्धनका उम्मेदवार तथा पूर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतान्तरले पराजित गरी विजयी हुनुभएको थियो । २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका उहाँ गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
gate io fon şifresi kaldırma
I am a student of BAK College. The recent paper competition gave me a lot of headaches, and I checked a lot of information. Finally, after reading your article, it suddenly dawned on me that I can still have such an idea. grateful. But I still have some questions, hope you can help me.
20bet
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you. 20bet
binance registrering
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.