स्ववियु निर्वाचनको प्रचारप्रसार आजदेखि सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनको प्रचारप्रसार आजदेखि सुरु

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
  • यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो ।

आज अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले आजदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ ।

यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् । उनले सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
आत्महत्या गरेकी श्रीमतीको फोन हेर्दा श्रीमानको होस उड्यो
आत्महत्या गरेकी श्रीमतीको फोन हेर्दा श्रीमानको होस उड्यो
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
एक नम्बर प्रदेशमा एमालेलाई कांग्रेसले उछिन्यो
एक नम्बर प्रदेशमा एमालेलाई कांग्रेसले उछिन्यो
आमाबाबुको हेरचाह नगरे कारबाही
आमाबाबुको हेरचाह नगरे कारबाही
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा

तपाईंले छुटाउनुभयो कि?