स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन्।
  • स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाव दिँदै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन्।
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन्।
स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाव दिँदै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन्। 
नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकुलपतिले गरेपछि त्यसको विरोधमा उपुूलपति कार्यालय घेराउ गर्नु परेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिए। फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ। 
सोही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को आपत्ति छ। सचिव लामिछानेले चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारी विरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। 
घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियू निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका थिए। सचिव लामिछानेले काँग्रेस निकट नेपाल विद्यार्थी संघको मिलेमतोमा उपकूलपति खनियाँ आफै स्ववियू निर्वाचन टार्न लागि परेको आरोप लगाउँदै आक्रोश पोखे। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?