माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी

सारांश

  • काठमाडौं।
  • नेपाल एलपी ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योग पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ।
  • नेपाल एलपी ग्यास उद्योग संघले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रमबारे जानकारी गराएको हो।
काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योग पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रमबारे जानकारी गराएको हो।
संघले फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योग बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास बिक्रेताबाट ग्यास बिक्री वितरण ठप्प पार्ने जनाएको छ।  संघले फागुन १६ गते सम्ममाग सम्बोधन नभए १७ गते देखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने, सबै रिफाईनरीबाट एलपी ग्यास लोडिङ बन्द गर्ने, एलपी ग्यास लोड भएका बुलेट भन्सार नाकाबाट नछुटाउनेलगायत कार्यक्रम सार्वजनिक गरेको छ।
संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई, बिमालगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफूहरु काम ठप्प पार्न बाध्य भएको बताए।  
संघले ग्यास उद्योगको संचालन खर्च र बिक्रेता/ वितरकहरुको कमिशन निर्धारण गर्न संघको प्रतिनिधि रहने गरी छुट्टै समिति गठन गर्नुपर्ने र सो समितिको सिफारिस अनुसार प्रत्येक बर्ष कमिशन /खर्च समायोजन हुनुपर्ने, ग्यास उद्योग संञ्चालनका लागि अनधिकृत रुपमा दिइएका इजाजत, सम्बन्धन तथा अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने, तराईका सबै स्थानहरुका लागि एउटै मुल्य कायम गर्नुपर्ने माग गर्दै आएको छ।
त्यसैगरी संघ र इण्डो नोपाल बल्क ट्रान्सपोर्ट एशोसिएशनबीच २०७३ अशोज २ गते  ग्यास आयातमा नेपाली बुलेट मात्र संचालनमा ल्याउने भनी सम्झौता भएको भन्दै सो को तत्काल कार्यान्वयन गर्न कुटनीतिक पहल गर्न माग गरेको छ।
खाना पकाउने एल पि ग्यासको मासिक कोटा छ/छ महिनामा निर्धारण गर्नुपर्ने,  ईपिडिओ तथा बैंक एलसीमार्फत निगमले पिडिओ बनाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको सम्बन्धमा बिमा सम्बन्धी आवश्यक नीति कानूनमा नै व्यवस्था हुनुपर्ने तथा नेपाल आयल निगमको एलपी ग्यास विनियमावली २०६५ संशोधन लगायत माग संघले अघि सारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिका, अहिलेसम्मको मतगणनाको नतिजा
भरतपुर महानगरपालिका, अहिलेसम्मको मतगणनाको नतिजा
राजनीतिमा फोहर हुनुहुन्नः अध्यक्ष ओली
राजनीतिमा फोहर हुनुहुन्नः अध्यक्ष ओली
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !
पाँच विकेट गुमाएर नेपालकाे ५३ रन
पाँच विकेट गुमाएर नेपालकाे ५३ रन
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
रियाले सुशान्तकी बहिनीमाथि लगाएको आरोप काल्पनिक–सीबीआई
रियाले सुशान्तकी बहिनीमाथि लगाएको आरोप काल्पनिक–सीबीआई
Мостбет: бонусы на первый депозит и лучшие ставки на спор
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने