एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा

सारांश

  • माल्टा।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन ।
  • माल्टास्थित सफल युवा व्यावसायी एबं समाजसेवी भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौमा हुने ११ औ महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने बताएका छन ।

माल्टा। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन ।

माल्टास्थित सफल युवा व्यावसायी एबं समाजसेवी भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौमा हुने ११ औ महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने बताएका छन ।

उनले माल्टामा गैरआवासीय नेपाली संघ ल्याउन अनवरत रुपमा खटिएर एनआरएनए माल्टा गठन गर्न ठुलो योगदान गरेका थिए । एनआरएनए माल्टामा उपाध्यक्ष भएर सफल कार्यकाल संपन्न गरेका भण्डारी हाल नेपाल माल्टा च्यारिटी एशोसिएसनको अध्यक्ष समेत रहेका छन ।

विगत ९ बर्षदेखी माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन ।

भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्ष समेत भएर केन्द्रिय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउदै युवाहरुलाई यस अभियानमा जोड्ने बताएका छन ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका भण्डारीले बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?