प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
सारांश
- काठमाडौं, २४ माघ ।
- आज भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं.
- १ बाट नेपाली कांग्रेसका २ र वाम गठबन्धनबाट ६ जना उम्मेदवार विजयी भएका छन् ।
काठमाडौं, २४ माघ । आज भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. १ बाट नेपाली कांग्रेसका २ र वाम गठबन्धनबाट ६ जना उम्मेदवार विजयी भएका छन् । यो प्रदेशमा अरु सबै निर्विरोध निर्वाचित भए तापनि दलिततर्फ र अपाङ्ग र अल्पसंख्यकतर्फ निर्वाचन भएको थियो ।
उक्त प्रदेशमा नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी र सरिता प्रसाईं रायमाझी निर्विरोध निर्वाचित भएका छन् । उनीहरुमध्ये रमेशजङ्ग अन्य समूह र सरिता महिलातर्फबाट निर्वाचित भएका हुन् ।
यसैगरी अन्य समूहतर्फबाट एमालेका परशुराम मेघी गुरुङ र एमालेकै हरिचरण शिवाकोटी निर्वाचित भएका छन् । महिलातर्फ एमालेकी नैनकला ओझा र माओवादी केन्द्रकी बिना पोख्रेल निर्वाचित भएका छन् । दलिततर्फ एमालेका खेमराज नेपाली र अपाङ्ग र अल्पसंख्यकतर्फबाट एमालेकै अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् ।
प्रतिक्रिया