हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
सारांश
- दिपक पराजुली, हेटौडा, ५ असार ।
- जनताका काम गरि छोटो समयमा नै लोकप्रिय भएका अपराध नियन्त्रणमा अब्बल मकवानपुर प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठको मकवानपुरमा आएको ४१ दिनमा नै फेरि सरुवा भएको छ।
- निजलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ भने श्रेष्ठको ठाउँमा प्रहरी प्रधान कार्यालयका बुद्दिराज गुरुङलाइ सरुवा गरिएकाे छ ।
दिपक पराजुली, हेटौडा, ५ असार । जनताका काम गरि छोटो समयमा नै लोकप्रिय भएका अपराध नियन्त्रणमा अब्बल मकवानपुर प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठको मकवानपुरमा आएको ४१ दिनमा नै फेरि सरुवा भएको छ।
निजलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ भने श्रेष्ठको ठाउँमा प्रहरी प्रधान कार्यालयका बुद्दिराज गुरुङलाइ सरुवा गरिएकाे छ । एस पी श्रेष्ठले सरुवा भै आएको केहि समयमा नै मकवानपुर बासिलाई अपराध नियन्त्रण गरि सुरक्षाको प्रत्याभूति दिलाउने देखि अन्य उलेख्य कामहरु गरि परिवर्तनको अनुभूति गराएका थिए।
श्रेष्ठले प्रहरीले आफ्नो जिम्मेवारीको ५० प्रतिशत मात्र काम गर्ने हो भने पनि धेरै परिवर्तन गर्न सकिने बताउनु भयो। बिभिन्न अपराध गरि अदालतबाट कसुर ठहरिएका फरार अभियुक्तलाइ पक्राउ गर्नमा श्रेष्ठको सफलता रह्यो। २ जनाले त आत्मसमर्पण नै गरे। अन्य अपराधमा संलग्न जो कसैलाई कानुनि दायरामा आउनु पर्दछ र गलत क्रियाकलाप गर्नेलाइ ठुला र सानो भनेर छुट्टयाउनु नमिल्ने वहाको भनाइ छ । आफुले गलत क्रियाकलाप गर्नेलाई छुट दिन नसकिने बताउदै सबैलाई समान व्यवहार गरिएको बताए। मध्यरातमा १२ बजे श्रीमान संग झगडा भै आत्महत्या गर्न लागेको महिलालाई बचाउनु आफ्नो छोटो कार्यकालको प्रमुख उपलब्धि रहेको वहाले बताउनु भयो ।
अपराध नियन्त्रण आफ्नो कर्तब्य भएकोले यी गौणबिषय भएको र कसैको ज्यान जोगिनु सफलता रहेको बताउनु भयो। सो बेलामा हेटौडा ११ मा महिला झगडा भएर निस्किएकोले जे पनि हुन् सक्ने भन्ने फोन आएपछि तत्काल प्रहरी घटनास्थल पुग्दा घाटीमा बाधिएको अवस्थामा डोरी फुकाई बचाइएको थियो।
बर्षौ देखि नवीकरण नभई चलेका अबैध क्रसरहरु बन्द गराउने देखि लिएर गाँजा र चरेस पक्राउ गर्नुमा समेत एस पी श्रेष्ठको उल्लेख्य भूमिका खेलेका थिए। अबैध घरेलु मदिरा नियन्त्रणमा अभियान नै चलाउनु भएको थियो। अझ जनप्रतिनिधिको सुझाब र सहयोगमा अन्य मदिरा नियन्त्रणको समेत तयारी भै सकेको खुलासा गर्नु भयो ।
काठमाडौँमा चोरी गरि नम्बर परिवर्तन गरिएका मोटरसाइकल मकवानपुरमा फेला पारि फिर्ता गर्ने देखि लिएर एक महिनामा ४० वटासम्म दुइ हजार देखि लाखौ सम्मका हराएका ब्रान्डेड मोबाइल फेला पारि फिर्ता दिने काम भयो।
यति सम्मकी भेटेका मानिसले समेत पक्राउको डरले आफ्नै फोन गरेर फिर्ता गर्न आएका थिए । प्रहरीले चाहे के गर्न सक्दैन भन्ने उदाहरण थिए श्रेष्ठ , चाकडीमा भन्दा काममा बिश्वास गर्ने उनि अपराधमा गलत क्रियाकलाप गरेका लाइ फोन आएकै भरमा छोडन नसक्नु कमि कमजोरी रह्यो होला तर आम मकवानपुरबासि एसपी श्रेष्ठको काम बाट धेरै खुशी थिए।
काठ तस्कर देखि अबैध क्रियाकलाप गर्ने हरुको निद हराम भएको थियो। दुर्व्यसनी नियन्त्रणमा आफ्नै घरबाट पहिला सुरु गर्नु पर्छ भन्ने अभियानकै रुपमा चलाएर बिद्यालय देखि गाउ गाउमा गएर सचेतना जगाएका थिए। पत्रकार सम्मेलनमा एस पी श्रेष्ठले १०० दिनमा जिल्लामा रहेको बिकृति विसंगति सुधार गरि नयाँ आर्थिक बर्ष देखि गर्ने कार्ययोजना समेत बनाइसकेको बताए।
सरुवा आफ्नो नियमित प्रक्रिया भएको बताउदै एस पी श्रेष्ठले आफु जहाँ गएपनि आफ्नो कर्तब्य , नीति र सिद्दान्तमा दृढ रहि रहने बताए।जिल्लामा आएपछि उनले आफ्नै अफिसको भौतिक पूर्वाधारमा पनि सुधार गर्नुका साथै सुधार आफैबाट गर्नु पर्छ भनि कार्यालय हाताभित्र धुम्रपान मध्यपान निषेध गराएका थिए।
एस पी श्रेष्ठको सरुवा मकवानपुरबासीको लागि दुर्भाग्य भएको आम मानिसको बुझाई छ। सरुवाको कुरा सुनेदेखि नै शुभचिन्तक ,सर्वसाधारणले फोन गरि दुख मनाउ गरिरहेका थिए। छोटो समयमा नै आफुले यहाँको बासिन्दाको सहयोग र साथले उलेख्य काम गर्न सकेको भन्दै वहाले सम्पूर्ण संचारकर्मी र प्रहरी टिमलाइ धन्यबाद दिनुभयो।
एस पी श्रेष्ठले कानुनको परिपालन गर्दै सिस्टम बसाएर काम गर्दा अझै धेरै सुधार गर्न सकिने बताउनु भयो। मकवानपुरको दुर्भाग्य वा भोगाइ यहाँ राम्रो काम गर्ने मान्छे कहिल्यै टिक्न सकेका छैनन्। केहि बर्ष पहिला प्रमुख जिल्ला अधिकारिको रुपमा कृष्णहरि पुस्कर आउदा पनि धेरै सुधार गर्न खोजे तर छोटो समयमा नै सरुवा भएर गए ।
केहि सिमित व्यक्तिको स्वार्थ अनुकुल काम नहुदा यस्ता क्रियाकलाप हुने गरेको पाइएको छ, जसको असर आम मकवानपुरबासी भोग्दैछन।
प्रतिक्रिया